शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

लिपिङ खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा, आगामी जेठभित्र उत्पादन थालिने

बुधबार, फागुन ९ २०८०
लिपिङ खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा, आगामी जेठभित्र उत्पादन थालिने

तीन अर्ब ४० करोड रूपैयाँभन्दा बढी लागतमा निर्माण भइरहेको आयोजनाको प्रसारण लाइनको काम पनि आउने बैशाखभित्र सक्ने लक्ष्य छ।

चौतारा- सोह्र दशमलव २६ मेगावाट क्षमताको लिपिङखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। हिम रिभर हाइड्रोपावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजनाको सुरुङ बाँध, पाइपलाइन र पावरहाउसको काम ८५ प्रतिशत सकिएको हो।

निर्माण सुरु भएको दुई वर्षभित्र नै काम अन्तिम चरणमा पुगेको आयोजनाका कार्यकारी निर्देशक सुदीपकुमार चौधरीले जानकारी दिए। उनका अनुसार यही गतिमा आयोजनाको निर्माण भइरहेमा आगामी २०८१ जेठ महिनाभित्र उत्पादन सुरु हुनेछ। भोटेकोशीबासी र स्थानीयवासीले यसरी नै साथ दिए तोकिएको समयमा उत्पादन हुने देखिएको छ।

तीन अर्ब ४० करोड रूपैयाँभन्दा बढी लागतमा निर्माण भइरहेको आयोजनाको प्रसारण लाइनको काम पनि आउने बैशाखभित्र सक्ने लक्ष्य लिएइएको छ। कार्यकारी निर्देशक चौधरीका अनुसार नयाँ वर्षदेखि नै जिल्लाबाट १६ दशमलव २६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। हिउँद महिनामा ३० प्रतिशत विद्युत् उत्पादन घट्न सक्ने सो आयोजनाको अनुमान छ।

लिपिङ खोलाबाट उत्पादन भएको विद्युत् भोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएर बाह्रबिसे नगरपालिका-४ स्थित बेतेमा निर्माणाधीन सब स्टेसनमा पुर्‍याइने छ। रासस


प्रकाशित : बुधबार, फागुन ९ २०८०१३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend