सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

७ महिनामा ६ हजार १ सय ५९ वटा विद्युतीय कार आयात

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ९ २०८०
७ महिनामा ६ हजार १ सय ५९ वटा विद्युतीय कार आयात

यसैगरी ३३ सय ९४ वटा ५१ किलोवाट क्षमतादेखि १०० किलोवाट क्षमताका विद्युती सवारी आयात भएको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि माघसम्म ७ महिनाको अविधमा ६ हजार १ सय ५९ वटा विद्युतीय कार आयात भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ७ महिनामा ६ हजार १ सय ५९ वटा विद्युतीय सवारी आयात भएको हो। विभागका अनुसार १५ अर्ब ६४ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको हो।

जसबाट सरकारले ६ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। विभागका अनुसार २ हजार ६ सय ७७ वटा ५० किलोवाट क्षमताका विद्युतीय सवारी आयात भएको छ।

यसैगरी ३३ सय ९४ वटा ५१ किलोवाट क्षमतादेखि १०० किलोवाट क्षमताका विद्युती सवारी आयात भएको छ। साथै १०१ देखि २०० किलोवाट क्षमताका ७० वटा र सोभन्दा माथिका १८ वटा सवारी आयात भएको छ। 

पछिल्लो समय सबैभन्दा धेरै ५० किलाेवाटसम्म मोटर क्षमता भएका विद्युतीय कार आयात भएका छन् भने त्यपछि ५१ देखि १ सय किलोवाट मोटर क्षमताका विद्युतीय कार आयात भइरहेको छ। 

चीन र भारतबाट सबैभन्दा धेरै विद्युतीय कार आइरहेका छन्। 


प्रकाशित : बुधबार, फागुन ९ २०८०११:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend