मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सन् २०२५ सम्म ५७६ मेगा पिक्सेलको सेन्सर ल्याउने सामसङको तयारी 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
सन् २०२५ सम्म ५७६ मेगा पिक्सेलको सेन्सर ल्याउने सामसङको तयारी 

काठमाडौं- कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले मोबाइल क्यामेरा सेन्सरमा विकासमा पनि आफूलाई खरो रुपमा उतार्दै आएको छ। 

स्मार्टफोन क्यामेराको मेगापिक्सेल दौडमा सामसङले हालैमात्र आफूलाई फेरि एकचोटी अग्रपंक्तिमा राखेको छ। केही दिनअघिमात्र २ सय मेगापिक्सेलको क्यामेरा सेन्सर सार्वजनिक गरेर सामसङले यो सेग्मेन्टमा अरुलाई चुनौति दिएको थियो। 

यसको केही दिनमै सार्वजनिक भएको एउटा प्रिजेन्टेशनमा सामसङले सन् २०२५ सम्म ५७६ मेगापिक्सेलको सेन्सर विकास गर्ने लक्ष्य लिएको छ।  इमेज सेन्सर वर्ल्डमा सासमङका सेन्सर उपाध्यक्ष हाइच्याङ लिले प्रस्तुत गरेको उक्त स्लाइडमा सन् २०२५ सम्म ५७६ मेगापिक्सेलको सेन्सर बजारमा ल्याइसक्ने  उल्लेख गरेका छन्।

पछिल्लो समय विशेषगरी चिनियाँ स्मार्टफोन कम्पनीहरुले मोबाइल क्यामेरामा मेगापिक्सेलाई  हाइलाइट गर्दै आएका छन्। सामसङ आफै पनि आफ्ना फ्ल्यागशिप फोनहरुमा धेरै मेगापिक्सेललाई प्राथमिकताका साथ प्रदर्शन गर्दै आएको छ। 


प्रकाशित : बुधबार, भदौ २३ २०७८०९:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend