सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भन्सारमा आइपुगे ६ सय २० किमि रेन्ज दिने स्काइवेलका विद्युतीय एसयूभी

आइतबार, माघ २८ २०८०
भन्सारमा आइपुगे ६ सय २० किमि रेन्ज दिने स्काइवेलका विद्युतीय एसयूभी

जी मोटर्सले करिब ३ दर्जन ईटी फाइभ बुकिङ भएको दाबी गरेको छ।

काठमाडौं- स्काइवेलको विद्युतीय सवारी रसुवागढी भन्सार आइपुगेको छ। जी मोटर्सले आधिकारिक रुपमा नेपाल भित्र्याएको स्काइवेलका विद्युतीय एसयूभी रसुवा भन्सार आइपुगेको हो। अबको केही दिनमै गाडी जाँचपास सकिएपछि काठमाडौं आइपुग्ने छ। 

लामो प्रतिक्षापछि स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभ नेपालका आइपुगेको हो। जी मोटर्सले नाडा अटो शो २०२३ मा स्काइवेल ब्रान्ड नेपाल भित्रिएको औपचारिक घोषणा गरेको थियो। त्यससँगै कम्पनीले अटो शोबाटै ईटी फाइभको बुकिङसमेत खुलाएको थियो। 

उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्य सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभ यही साता काठमाडौं आइपुग्ने र टेस्टड्राइभ र उपभोक्तालाई हस्तान्तरण प्रक्रिया सुरु गरिने कम्पनीले जनाएको छ। स्काइवेल ईटी फाइभले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। 

स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। यो कारको मूल्य १ करोड ९ लाख रूपैयाँ तय भएको जी मोटर्सले जनाएको छ। 

skywell in rasuwa.jpg

स्काइवेल ईटी फाइभ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ।

स्वाइवेल ईटी फाइभमा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्ने कम्पनीको भनाइ छ। 

जी मोटर्सले करिब ३ दर्जन ईटी फाइभ बुकिङ भएको दाबी गरेको छ।

स्काइवेलको शोरुम भक्तपुरमा बनिसकेको छ भने काठमाडौंको नक्सानमा निर्माणाधीन रहेको जी मोटर्सले जनाएको छ। 


प्रकाशित : आइतबार, माघ २८ २०८०१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend