सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

४४ लाखमै आउने भयो विलिङ ईभी भ्यान, विलिङ र शशिला माेटर्सबीच सम्झौता

बिहीबार , माघ २५ २०८०
४४ लाखमै आउने भयो विलिङ ईभी भ्यान, विलिङ र शशिला माेटर्सबीच सम्झौता

उक्त सम्झौतामा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र विलिङ मोटर्स होल्डिङ लिमिटेडका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका हुन्।

काठमाडौं- शशिला मोटर्स प्रालिले विश्वप्रसिद्ध ईभी उत्पादक विलिङ मोटर्स होल्डिङ लिमिटेडबीच नेपालका लागि आधिकारिक वितरकको रुपमा सम्झौता गरेको छ।

विलिङ मोटर्स चिनमा बहुचर्चित तथा प्रसिद्ध ब्रान्ड हो। यस सम्झौतापश्चात शशिला मोटर्सले विलिङ मोटर्सबाट उत्पादित विद्युतीय कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरूको लागि एकमात्र आधिकारिक वितरकको रुपमा रहनेछ।

उक्त सम्झौतामा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र विलिङ मोटर्स होल्डिङ लिमिटेडका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका हुन्।

योसँगै शशिला मोटर्सले ११ सिट क्षमताको ईभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक खतिवडाले जानकारी दिए।

उक्त मिनी भ्यान वातावरणमैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने कम्पनीको भनाइ छ। साथै ईभी भ्यानहरूमध्ये ग्राहकको पहिलो रोजाइमा स्थान बनाउन सफल हुने कम्पनीको विश्वास छ।

कम्पनीका अनुसार नेपालको यातायात क्षेत्र विद्युतीकरणमा रुपान्तरण हुँदै गइरहेको वर्तमान परिस्थितिमा आरामदायी विलिङ ईभी कोसेढुंगा सावित हुनेछ। साथै कार्बन उत्सर्जनमा कमी गर्नमा महत्वपूर्ण योगदान पुर्‍याउने छ। 

उक्त भ्यान नेपालकै पहिलोपटक ईभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख किमिसम्मको वारेन्टी भएको कम्पनीको दाबी छ। यसमा ४१.८७ किलोवाट आवर ब्याट्री क्षमता छ भने कटिङ एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक रहेको छ। 

सिंगल चार्जमा यसले ३ सय किमि रेन्ज दिने कम्पनीले जनाएको छ। ११ सिट क्षमताको भएको ईभीमा सहज यात्राका लागि आरामदायी सिट रहेको छ। ४.९ मिटर लम्बाइ भएकाले यसमा पर्याप्त खुल्ला ठाँउसहित उत्कृष्ट आन्तरिक सजावट छ।

यो विद्युतीय भ्यानको नेपाली बजार मूल्य ४४ लाख रुपैयाँ हाराहारी हुनेछ। कम्पनीले यसको आधिकारिक मूल्य भ्यान सार्वजनिक गर्ने जनाएको छ।

यो मूल्य हाल नेपाली बजारमा उपलब्ध विद्युतीय भ्यानमध्य सबैभन्दा कम मूल्यको विश्वसनीय ईभी भ्यान हुनेछ। यो ईभी भ्यान प्रतिस्पर्धीभन्दा बलियो, गुणस्तरीय र विशेषताले भरिएको कम्पनीको भनाइ छ। 


प्रकाशित : बिहीबार , माघ २५ २०८०१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend