आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

इच्छाराज तामाङलाई ३ वर्ष कैद, १ अर्ब ७२ करोड जरिबाना

images
आइतबार, माघ २१ २०८०
images
इच्छाराज तामाङलाई ३ वर्ष कैद,  १ अर्ब ७२ करोड जरिबाना

विभागले इच्छाराजसँगै उनकी पत्नी सिर्जना तथा मामाससुरा केशवराज श्रेष्ठलाई पनि अदालतले सजाय निर्धारण गरेको छ।

images
images

काठमाडौं- सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा दोषी ठहर भएका  सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद हुने विशेष अदालतले फैसला गरेको छ। 

images
images
images

आइतबार विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सजाया तोकेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। 

images
images

तामाङलाई ३ वर्ष कैद १ अर्ब ७२ करोड बिगो र त्यति नै जरिबाना तोकेको छ। 

images
images

तामाङविरूद्ध एक वर्षअघि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९ सय ४२ रुपैयाँ बिगो दाबी गरेको थियो।

विभागले इच्छाराजसँगै उनकी पत्नी सिर्जना तथा मामाससुरा केशवराज श्रेष्ठलाई पनि अदालतले सजाय निर्धारण गरेको छ। 

 


प्रकाशित : आइतबार, माघ २१ २०८०१८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend