आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

दोलखाको एक सहकारीबाट ३२ लाख चोरी, दुई सहकारीले एक करोड ७३ लाख हिनामिना गरेको आरोप

images
आइतबार, माघ २१ २०८०
images
दोलखाको एक सहकारीबाट ३२ लाख चोरी, दुई सहकारीले एक करोड ७३ लाख हिनामिना गरेको आरोप

दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ। यहाँका दुई सहकारीका व्यवस्थापक र सञ्चालकले करोडौँ रकम हिनामिना गरेको भन्दै बचतकर्ताको उजुरी परेको छ।

images
images

दोलखा- दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ। केही दिनअघि दोलखाको मेलुङ गाउँपालिका-१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासनसमक्ष उजुरी गरेका छन्। 

images
images
images

चोरी भएको भनिएको हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३२ लाख ८७ हजार दुई सय ७६ रूपैयाँ हराएको सहकारी सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन्। प्रहरीले सोही सहकारीको बचत सहायक पदमा कार्यरत अहेन्द्र भुजेललाई र घरबेटीलाई पक्राउ गरी सोधपुछपछि छाडेको छ।

images
images

दोलखाकै मेलुङ गाउँपालिका-६ मा रहेको ‘गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड’मा पनि व्यवस्थापकले एक करोड ५३ लाख रूपैयाँ हिनामिना गरेको भन्दै बचतकर्ता आक्रोशित छन्।

images
images

उक्त सहकारीले त्यसको छानबिन गरिरहेको बताएको छ। हाल गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम हिनामिना गर्ने व्यवस्थापक भूप चापागाईँलाई सञ्चालक समितिले निलम्बन गरी छानबिन गरिरहेको बताएको छ। सहकारीका अध्यक्ष श्रीराज पोखरेलले उनले हिनामिना गरेको रकम असुलउपरका लागि प्रक्रिया प्रारम्भ गरिएको बताए।

दोलखाकै कालिञ्चोक गाउँपालिका-६ मा रहेको जनचाहना बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि रकम हिनामिना भएको बताउँदै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर गरेपछि आयोगले पालिकालाई छानबिन गर्न पत्र लेखेको छ। स्थानीय बचतकर्ताका अनुसार त्यहाँ पनि २० लाखभन्दा बढी रकम सञ्चालकले हिनामिना गरेको आरोप छ। 

सहकारीमा भएको चोरी र रकम हिनामिनाबारे जिल्ला प्रहरी कार्यालयले सूक्ष्म ढंगले अध्ययन थालेको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले बताए। रासस


प्रकाशित : आइतबार, माघ २१ २०८०१८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend