आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

१६ करोड ९३ लाख लागतमा दुई राजमार्गका १६ वटा पुल मर्मत गरिँदै

images
आइतबार, माघ २१ २०८०
images
१६ करोड ९३ लाख लागतमा दुई राजमार्गका १६ वटा पुल मर्मत गरिँदै

१६ करोड ९३ लाख १८ हजार रूपैयाँमा ठेक्का सम्झौता गरी पुल मर्मतका साथै सडक स्तरोन्नतिको कार्य अगाडि बढाइएको हो।

images
images

कञ्चनपुर- कैलाली र कञ्चनपुरमा रहेका मुख्य राजमार्गका १६ वटा पुल मर्मत गरी संरक्षण गर्न थालिएको छ। सडक विभाग पुल महाशाखाको बीआईएमपी-२ कार्यक्रमअन्तर्गत महाकाली पुल योजनाले पूर्व-पश्चिम राजमार्गअन्तर्गत चिसापानीदेखि गड्डाचौकीसम्मका १४ र महाकाली राजमार्गका दुई वटा गरी १६ वटा पुल मर्मतको कार्य अगाडि बढाएको हो।

images
images
images

हिमसगरमाथा कन्स्ट्रक्सन प्रालीसँग १६ करोड ९३ लाख १८ हजार पाँच सय ३९ रूपैयाँमा ठेक्का सम्झौता गरी पुल मर्मतका साथै सडक स्तरोन्नतिको कार्य अगाडि बढाइएको पुल योजना कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर कपिलप्रसाद पन्तले बताए। 'लामो समयदेखि राजमार्गका पुल मर्मत हुनसकेको थिएन', उनले भने, 'कार्यक्रमअन्तर्गत पुल मर्मत गर्न थालिएपछि यसले पुललाई दिगो तथा भरपर्दो बनाउनाका साथै पुलको आयु बढ्ने र सडक सुरक्षामा पनि सुधार ल्याउन सहयोग पुग्छ।'

images
images

सूचना अधिकारी पन्तका अनुसार सो कार्यक्रमअन्तर्गत पुल विस्तार वा प्रतिस्थापन र रेलिङ मर्मत वा प्रतिस्थापनका कार्य भइरहेका छन्। पुलको सुरक्षाका लागि नदी नियन्त्रणअन्तर्गत तटबन्ध निर्माणको कार्यलाई अगाडि बढाइएको छ।

images
images

सडक सुरक्षा स्तरोन्नतिलगायत सडक स्टड स्थापना, डब्लु-मेटल बीम ट्र्यास ब्यारियर, डेलिनेटर्स, पोष्ट, रोड मार्किङ र ट्राफिक चिन्ह राख्ने कार्य भइरहेको उनको भनाइ थियो। सो कार्यक्रमअन्तर्गत पुल मर्मतका लागि हिमसगरमाथा कन्ट्रक्सनसँग गत असार २२ गते सम्झौता भएको थियो।

इञ्जिनियर पन्तका अनुसार हालसम्म कार्यक्रमको भौतिक प्रगति ६० प्रतिशत छ भने वित्तीय प्रगति १८ प्रतिशत छ। मर्मत हुन थालेका पुलको कुल लम्बाइ एक हजार दुई सय १८ मिटर छ।

निर्माण कम्पनीका सञ्चालक प्रेम विष्टले निर्माणका लागि कार्यदेश पाएका बेला वर्षातका कारण नदीजन्य पदार्थ पाउन मुस्किल भएकाले कममा केही विलम्ब भएको बताए।

'पुल मर्मतका कार्य पूरा भइसकेका छन्', उनले भने, 'कञ्चनपुरको दोदा, कैलालीका कान्द्रा, डोडा र मोहना नदीमाथि रहेका पुल सुरक्षाका लागि तटबन्ध निर्माणको कार्य अगाडि बढाएका छौँ।' ठेक्काबापतको कार्य गरेअनुसार समयमै रकम भुक्तानी हुन नसक्दा कार्य अगाडि बढाउन अप्ठ्यारो परेको सञ्चालक विष्टको भनाइ थियो। रासस


प्रकाशित : आइतबार, माघ २१ २०८०१६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend