आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

खेलाडीको डाइटमा दूग्धजन्य पदार्थ समावेश गर्न डेरी एसोसिएसनको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २१ २०८०
images
खेलाडीको डाइटमा दूग्धजन्य पदार्थ समावेश गर्न डेरी एसोसिएसनको माग

स्वास्थ्य विज्ञान तथा पोषण विज्ञानले प्रमाणित गरिसकेका दुग्गजन्य पदार्थलाई नेपाली खेलाडीहरूको डाइटमा अनिवार्य राख्न माग गर्दै एसोसिएसनले  खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद समितिसम्मलाई ज्ञापन बुझाएको छ।

images
images

काठमाडौं- नेपाली खेलाडीहरूको डाइटमा दुग्गजन्य पदार्थ अनिवार्य राख्न नेपाल डेरी एसोसिएसनले माग गरेको छ। एसोसिएसनले खेलकूदसँग सबन्धित सरकारी नियकालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो। 

images
images
images

स्वास्थ्य विज्ञान तथा पोषण विज्ञानले प्रमाणित गरिसकेका दुग्गजन्य पदार्थलाई नेपाली खेलाडीहरूको डाइटमा अनिवार्य राख्न माग गर्दै एसोसिएसनले  खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद समितिसम्मलाई ज्ञापन बुझाएको छ। 

images
images

डेरी क्षेत्र बजार नपाएर संकटमा पर्न लागेको भन्दै एसोसिएसनले बजारमा खपत बढाउनका लागि संस्थागत पहल हुनुपर्ने माग राखेको छ। विगत वर्षहरूमा फागुनदेखि डेरी क्षेत्रमा सिजन सुरु हुन्थ्यो र हाम्रो देशमा उत्पादन भएको दुधले नपुगेर डेरीहरूलाई बजारको माग पुर्‍याउन हम्मे हम्मे पर्दथ्यो । यस वर्ष भने त्यसको ठिक विपरीत सोही सिजन फागुनदेखि नै बजारमा दुध तथा दुग्ध पदार्थको माग अत्यन्तै कम हुन थालेको संघले उल्लेख गरेको छ। 

images
images

आन्तरिक डेरी उद्योगलाई बचाउन तथा नेपाली किसानकै लाभालाई निरन्तर राख्नका लागि भएपनि खपत बढाउनुपर्ने एसोसिएसनले माग गरेको छ। 


प्रकाशित : आइतबार, माघ २१ २०८०१५:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend