आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना भत्काउने तयारी

images
आइतबार, माघ २१ २०८०
images
पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना भत्काउने तयारी

जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमांकनसहित खोजी कार्य सुरु गरिएको र एक/दुई दिनमा सीमांकन र जग्गा खोजी काम सकेर त्यस्ता संरचनालाई भत्काइने बताइएको छ।

images
images

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ। 

images
images
images

कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सीमांकनसहित खोजी कार्यमा जुटेको हो।

images
images

कोषका प्रवक्ता रेवतीरवण अधिकारीले भने, 'शुक्रबारदेखि महानगरको प्राविधिक टोलीको सहयोगमा हामीले जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमांकनसहित खोजी कार्य सुरु गरेका छौँ। एक/दुई दिनमा सीमांकन र जग्गा खोजी काम सकेर त्यस्ता संरचनालाई भत्काइने छ।'

images
images

कामपा-८ गाँचा पोखरीमा तीन रोपनी छ आना एक पैसा, वडा नं ३ भगवानस्थानमा तीन रोपनी आठ आना जग्गा र सिफलस्थित लामा पोखरीमा अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको प्रवक्ता अधिकारीले जानकारी दिए।

कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना खाली गराउन विकास कोषसहित महानगरलाई निर्देशन दिएका छन्। रासस


प्रकाशित : आइतबार, माघ २१ २०८०१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend