आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

माघ २६ र २७ मा नारायणी किनारमा चियाको प्रदर्शनी गरिने

images
शनिबार, माघ २० २०८०
images
माघ २६ र २७ मा नारायणी किनारमा चियाको प्रदर्शनी गरिने

नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउन एवं चिया संस्कृतिको विकास गर्न चियाको बृहत प्रदर्शनी गर्न लागिएको हो।

images
images

चितवन- चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाको सहकार्यमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो।

images
images
images

‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउन, चियाका फाइदाको विषयमा जानकारी दिन तथा सही चियाको सहीरूपमा सेवन गर्न, चिया संस्कृतिको विकास गर्न कार्यक्रम आयोजना गर्न लागिएको बोर्डका कृषि विकास अधिकृत चन्द्र पुरीले जानकारी दिए।

images
images

यसअघि बुटवलमा प्रदर्शनीको आयोजना गरिएको थियो। प्रदर्शनी चितवनमा पहिलोपटक गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिए।

images
images

नेपालको चिया उत्पादन तथा बजारीकरण गर्न यसबाट मद्दत पुग्ने विश्वास गरिएको छ। प्रदर्शनीको कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ सहआयोजक रहेको सो प्रदर्शनीको प्रवर्द्धक भरतपुर महानगरपालिका रहेको छ। रासस


प्रकाशित : शनिबार, माघ २० २०८०१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend