सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

फक्सवागनले इन्ट्रिलेवल विद्युतीय एसयूभी ल्याउँदै

शनिबार, माघ २० २०८०
फक्सवागनले इन्ट्रिलेवल विद्युतीय एसयूभी ल्याउँदै

भारतमा मारुती सुजुकी, हुन्डाई मोटर्ससँग प्रतिस्पर्धा गर्ने र भारतबाट निर्यातको हव भन्ने सम्भावना देखिएर फक्सवागनले भारतमा लगानी विस्तार गरेको हो।

काठमाडौं- जर्मन सवारी उत्पादन कम्पनी फक्सवागनले भारतीय बजारमा इन्ट्रिलेवल विद्युतीय एसयूभी ल्याउने घोषणा गरेको छ। बिहीबार फक्सवागन इन्डियाका सीईओले भारतीय बजारलाई लक्षित गरेर विद्युतीय एसयूभी ल्याउन लागेको बताएका हुन्। 

स्कोडा अटो फक्सवागन इन्डियाका सीईओ प्युस अरोराले बिहीबार भारतमा तस्तो मूल्यामा विद्युतीय एसयूभी उत्पादन गर्न ठूलो लगानी गर्ने र त्यसका लागि तीव्र गतिमा काम भइरहेको बताएका हुन्। ‘यसका लागि ठूलो लगानी आवश्यक पर्छ। त्यो हामीले गर्दैछौँ। त्यसपछि हामीलाई ठूलो बिक्री नम्बर जरुरी हुन्छ,’ उनले भने। 

भारतमा फक्सवागन ग्रुपअन्तर्गतका पाँच ब्रान्ड फक्सवागन, स्कोडा, अउडी, पोस्र्चे र लिम्बर्गिनीको नेतृत्व अरोराले गर्दै आएका छन्। हाल भारतमा अउडी र पोस्र्चेका मात्र विद्युतीय सवारी बिक्री हुँदै आएको छ। 

भारतमा तत्कालै विद्युतीय सवारीको विस्तार अपेक्षा गरेअनुसार नहुने देखिए पनि आफूहरु निर्यातको सम्भाव्यता बारेसमेत अध्ययन गरिरहेको अरोराले बताए। भारतमा उत्पादन गरिएको नयाँ विद्युतीय कार दक्षिणपूर्वी एसिया, गल्फ राष्ट्रहरु, उत्तर अफ्रिकालगात देशमा निर्यातको सम्भावना रहेको फक्सवागनले जनाएको छ। 

भारतमा मारुती सुजुकी, हुन्डाई मोटर्ससँग प्रतिस्पर्धा गर्ने र भारतबाट निर्यातको हव भन्ने सम्भावना देखिएर फक्सवागनले भारतमा लगानी विस्तार गरेको हो। 

फक्सवागनले भारतमा क्रेटा ईभी, मारुती सुजुकीको नयाँ ईभीलगायतसँग प्रतिस्पर्धा हुने गरी विद्युतीय एसयूभी उत्पादन गर्न लागेको हो। फक्सवागन ब्रान्डमा मात्र नभइ यो समूह अन्तर्गत रहेको स्कोडा ब्रान्डको पनि भारतमा विद्युतीय सवारी आउने भएको छ। फेब्रुअरी १ देखि सुरु भएको भारत मोबिलिटी ग्लोबल शोमा स्कोडाको इन्याक ईभी शोकेस गरिएको हो। 

भारत सरकारले २०३० सम्ममा बिक्री हुने कारमा ३० प्रतिशत विद्युतीय कार हुने लक्ष्य राखेको छ। त्यसमा पनि भारतमा एसयूभी सेगमेन्टको बिक्री उल्लेख्य रुपमा बढिरहेको छ। त्यसैले सवारी उत्पादकहरुले विद्युतीय एसयूभी नै उत्पादन गर्नेगरि काम गरिरहेका छन्। 


प्रकाशित : शनिबार, माघ २० २०८०१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend