सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

हाइगरका विद्युतीय भ्यान नेपालतर्फ हिँडे; ५०.२३ केडब्लूएच ब्याट्रीमा आउँदै, मूल्य कति?

बिहीबार , माघ १८ २०८०
हाइगरका विद्युतीय भ्यान नेपालतर्फ हिँडे; ५०.२३ केडब्लूएच ब्याट्रीमा आउँदै, मूल्य कति?

शशिलाले ल्याउन लागेको हाइगर ईभी भ्यानमा ५०.२३ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ। यो ईभी भ्यानमा ९० किलोवाटको पिक पावरयुक्त मोटर जडान गरिएको छ।

काठमाडौं- चिनियाँ सवारी उत्पादक हाइगरले उत्पादन गरेको विद्युतीय भ्यान नेपालतर्फ हिँडेको छ। हाइगर ईभी भ्यानको नेपालका लागि आधिकारिक बिक्रेता शशिला मोटर्सले ल्याउन लागेको भ्यान प्लान्टबाट नेपालतर्फ हिँडेको हो। 

कमर्सियल गाडीहरुको बिक्रीमा नेपालकोस्थापित डिलर शशिला मोटर्स प्रालिले विश्वप्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याएको हो।

शशिला मोटर्सले केही महिनाअघि चिनियाँ बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग सम्झौता गरेको थियो। हाइगर बस कम्पनी लिमिटेडले विश्वका १ सय ३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको छ।

तीन महिनाअघि शशिला मोटर्सले हाइगरका दुई वटा ईभी भ्यान नेपाल ल्याएर परीक्षण गरेको थियो। परीक्षण सफल भएसँगै आवश्यक परिमार्जग गरेर उत्पादन गरिएका विद्युतीय भ्यान नेपाल आउन लागेको हो। प्लान्टबाट नेपालतर्फ हिँडिसकेकाले अबको २०/२५ दिनमा ईभी भ्यान नेपाल आइपुग्ने छ। 

हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा प्रसिद्ध ब्राण्ड हो। सम्झौताअनुसार शशिला मोटर्स प्रालि हाइगर ईभी भ्यानको नेपालका लागि एकमात्र आधिकारक वितरक बनेको हो। 

higer e van.jpg

शशिलाले ल्याउन लागेको हाइगर ईभी भ्यानमा ५०.२३ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ। यो ईभी भ्यानमा ९० किलोवाटको पिक पावरयुक्त मोटर जडान गरिएको छ। 

पहिलो चरणमा प्लान्टबाट हाइगरको ५० वटा विद्युतीय भ्यान नेपालतर्फ हिँडेको शशिला मोटर्सका जीएम अशोकराज सुवेदीले पुष्टि गरे। हाइगरको ईभी भ्यान १६ सिट क्षमताको रहेको छ।  

हाइगरका ईभी भ्यानमा रिजेनेरेटिङ सिस्टम समेत उपलब्ध छ। हाल नेपालमा उपलब्ध भएका ईभी भ्यानमा रिजेनेरेटिङ सिस्टम उपलब्ध छैन। हाइगरले पहिलो पटक रिजेनेरेटिङ विशेषतायुक्त ईभी भ्यान नेपाल ल्याएको हो। हाइगरको ईभी भ्यानमा तीन वटा रिजेनेरेसिभ मोड उपलब्ध रहेको छ। 

हाइगरको ईभी भ्यानमा हरेक सिटको माथि एसी भेन्ट छ। २ सय एमएम ग्राउन्ड क्लियरेन्स भएकाले हाइगरका भ्यान नेपालको बाटो सुहाउँदो रहेको कम्प्नीको भनाइ छ। त्यस्तै हाइगरको भ्यानमा कन्ट्रोल र बीएमएस माथिल्लो भागमा भएकाले यसमा कुनै समस्या नहुने कम्पनीले जनाएको छ। 

शशिला मोटर्सले ५०.२३ किलोवाट आवर ब्याट्रीयुक्त ईभी भ्यानको मूल्य ६१ लाख ५० हजार रुपैयाँ तोकेको छ।  


प्रकाशित : बिहीबार , माघ १८ २०८०१७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend