शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

१२ वर्षदेखि अलपत्र इन्द्रावती जलविद्युत् आयोजनाको काम पुन: थालियो, डेढ वर्षमा सक्ने लक्ष्य

बुधबार, माघ १७ २०८०
१२ वर्षदेखि अलपत्र इन्द्रावती जलविद्युत् आयोजनाको काम पुन: थालियो, डेढ वर्षमा सक्ने लक्ष्य

विद्युत् विकास बोर्डसँग ३० वर्षको उत्पादन अवधि राखेर लाइसेन्स प्रदान गरेको आयोजनाको कुल लागत एक सय १० करोड छ।

चौतारा- नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको व्यवस्थापनमा निर्माण हुन लागेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बाँकी काम पुनः सुरु भएको छ।

विसं २०६८ देखि निर्माण छाडेर अलपत्र रहेको आयोजना पुनःनिर्माण सुरु गरिएको आयोजनाका कार्यकारी अध्यक्ष कुमार पाण्डेले जानकारी दिए। उनका अनुसार अबको डेढ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिएको हो।

विद्युत् विकास बोर्डसँग ३० वर्षको उत्पादन अवधि राखेर लाइसेन्स प्रदान गरेको आयोजनाको कुल लागत एक सय १० करोड रहने अध्यक्ष पाण्डेले जानकारी दिए। चार दशमलव पाँच मेगावाट क्षमताको आयोजनाको सुरुङको लम्बाइ तीन हजार तीन सय मिटर रहेको आयोजनाले जनाएको छ।

मेलम्ची नगरपालिकामा निर्माणाधीन आयोजनाका लागि ज्योति विकास बैंकसँग ऋण सम्झौता भएको पाण्डेले बताए। रासस


प्रकाशित : बुधबार, माघ १७ २०८०१८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend