सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

२०२३ मा पनि टोयोटा नै बन्यो विश्वको सबैभन्दा धेरै कार बिक्रेता कम्पनी

मंगलबार, माघ १६ २०८०
२०२३ मा पनि टोयोटा नै बन्यो विश्वको सबैभन्दा धेरै कार बिक्रेता कम्पनी

टोयोटाले २०२३ मा पनि विश्वको सर्वाधिक कार बिक्रेताको ताज कायम राखेको हो।

काठमाडौं- जापानी कार उत्पादक कम्पनी टोयोटा २०२३ मा पनि विश्वको सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी बनेको छ।

२०२३ मा टोयोटाले विश्वभर १ करोड १२ लाख सवारी बिक्री गरेको हो। यो संख्या टोयोटाको कार बिक्री इतिहासमै सबैभन्दा धेरै वार्षिक बिक्री संख्या हो।

टोयोटाले २०२३ मा पनि विश्वको सर्वाधिक कार बिक्रेताको ताज कायम राखेको हो। पछिल्लो ४ वर्षयता टोयोटा लगातार विश्वको सर्वाधिक कार बिक्रेता कम्पनीका रुपमा रहेको छ। 

२०२३ मा विश्वभर टोयोटा समूहको कार बिक्री ७.२ प्रतिशतले बढेको हो। टोयोटा समूहमा टोयोटा, लेक्सस, डायहात्सु तथा हिनो ट्रक ब्रान्डअन्तर्गत सवारी उत्पादन हुँदै आएको छ। 

डाइहात्सुसहित समग्रमा टोयोटाको कार बिक्री बढेर सर्वाधिक ८९ लाख वटा कार विश्वभर बिक्री गरेको हो। 

टोयोटाको प्रतिस्पर्धीका रुपमा रहेको फक्सवागन सर्वाधिक कार बिक्री गर्नेमा दोस्रो स्थानमा रहेको रोयटर्सले लेखेको छ। जर्मन कार उत्पादक फक्सवागन समूहको २०२३ मा कार बिक्री १२ प्रतिशतले बढेको जनाएको छ। गत वर्ष फक्सवागन समूहले विश्वभर ९२ लाख वटा कार बिक्री गरेको हो। 

टोयोटाको ब्रान्ड नेम र लेक्सस ब्रान्डमा मात्र २०२३ मा १ करोढ ३ लाख कार बिक्री गरेको थियो। टोयोटाले बिक्री गरेको कुल कार मध्ये अधिकांश आईसीई र हाइब्रिड कार हुन्। कम्पनीको कुल बिक्रीमा ब्याट्रीमा आधारिक विद्युतीय सवारीको बिक्री १ प्रतिशतभन्दा कम रहेको छ। 

टोयोटाले २०२३ को ११ महिनामा विश्वभर ९३ लाख ६० हजार कार बिक्री गरेको थियो। गएको महिना उत्तर अमेरिका र युरोपमा टोयोटाका कार बिक्री उल्लेख्यरुपमा बढेकाले उक्त सफलता हात पारेको हो। नोभेम्बरमा टोयोटाले ९ लाख २६ हजार ५ सय ७३ वटा कार उत्पादन गरेको थियो। उक्त संख्यामध्ये ६ लाख ११ हजार ६ सय ५६ वटा कार टोयोटाले जापानभन्दा बाहिर उत्पादन गरेको हो।

जापानी सञ्चार माध्यमका अनुसार टोयोटाले २०२३ नोभेम्बरमा संसारभर ९ लाख ५ हजार ६६ वटा कार खुद्रा बिक्री गरेको थियो। यो बिक्री गत वर्षको सोही अवधिको तुलनामा १३.६ प्रतिशत बढी हो। महिनागत बिक्री संख्यामा पनि २०२३ को नोभेम्बरको बिक्री संख्या हालसम्मकै उच्च थियो।

टोयोटाको विद्युतीय कार बिक्री पनि उल्लेख्यरुपमा बढेको छ। गत वर्षको तुलनामा टोयोटाको विद्युतीय कार बिक्री ५३.४ प्रतिशतले बढेर ३ लाख ४३ हजार ९ सय ८१ वटा बिकेको छ।

२०२३ को जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा टोयोटा र लेक्ससको गरी विश्वभर कुल ९३ लाख ६७ हजार ४० वटा कार बिक्री भएको तथ्यांक छ। २०२३ भर टोयोटाले १ करोड ३ लाख वटा कार बिक्री गरेको हो। टोयोटाले यसअघि २०१९ मा वार्षिकरुपमा सबैभन्दा धेरै कार बिक्रीको रेकर्ड कायम गरेको थियो। उक्त वर्ष टोयोटाले विश्वभर ९७ लाख १४ हजार २ सय ५३ वटा कार बिक्री गरेको थियो। अहिलेसम्मको बिक्री तथ्यांकका आधारमा २०२३ मा उक्त रेकर्ड ब्रेक गरेको हो। 

२०२२ मा टोयोटाले विश्वभर ९५ लाख ६७ हजार १ सय ८४ वटा कार बिक्री गरेको थियो। २०२३ मा जापानसहित विश्वभर टोयोटाको उत्पादन तथा बिक्री संख्यामा कम्पनीलाई ऐतिहासिक सफलता हात लागेको हो। 


प्रकाशित : मंगलबार, माघ १६ २०८०११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend