सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपालको अटोमोबाइल क्षेत्रमा देखिएका समस्या हटाउन प्रधानमन्त्री सकारात्मक

शुक्रबार, माघ १२ २०८०
नेपालको अटोमोबाइल क्षेत्रमा देखिएका समस्या हटाउन प्रधानमन्त्री सकारात्मक

छलफलमा प्रधानमन्त्रीले विद्युतिय सवारी साधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोबाइलसम्बन्धी उद्योगहरुको सम्भावनाका सम्बन्धमा विशेष चासो राखेका थिए।

काठमाडौं- नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटगरी विभिन्न विषयमा छलफल गरेको छ।

शुक्रबार भएको छलफलमा नाडा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याबारे संक्षिप्त रुपमा बताउँदै अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन आग्रह गरेका थिए। 

चौधरीले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १ सय २५ प्रतिशतबाट घटाएर १ सय प्रतिशत कायम गरिनु पर्ने, बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेरियो हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक पक्षहरुलाई समेत तत्कालै संशोधन गरिनु पर्ने अवस्था रहेको उल्लेख गरे।

त्यस्तै भारतीय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध रुपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोबाइल व्यवसायमा नकारात्मक असर पर्न गएकोले त्यसलाई व्यवस्थित गर्नका लागि उनले प्रधानमन्त्रीलाई आग्रह गरे। 

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमाबाइल उद्योग समस्या र समाधानहरु बारे प्रिजेन्टेसनमार्फत विस्तृत रुपमा जानकारी गराएका थिए। 

सो छलफलमा प्रधानमन्त्रीले विद्युतिय सवारी साधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोबाइल सम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राखेका थिए। 

त्यस्तै प्रधानमन्त्री दाहालले नाडाले प्रस्तुत गरेका समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने बताएको नाडाले जनाएको छ।

उक्त छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएसन सचिव सुरेन्द्र प्रधानलगायत उपस्थित रहेका थिए। 


प्रकाशित : शुक्रबार, माघ १२ २०८०१६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend