सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मस्कले के भनेका थिए जसका कारण टेस्लाले एकैदिनमा गुमायो ८० अर्ब डलर?

शुक्रबार, माघ १२ २०८०
मस्कले के भनेका थिए जसका कारण टेस्लाले एकैदिनमा गुमायो ८० अर्ब डलर?

अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्ला इंक बजार पुँजीकरणका आधारमा विश्वकै सबैभन्दा मूल्यवान अटोमोबाइल कम्पनी हो

काठमाडौं- टेस्ला इंकका सीईओ एलन मस्कले २०२४ मा कम्पनीको कार बिक्रीमा केही गिराजट आउने बताएसँगै कम्पनीको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको छ। बिहीबार एकैदिन टेस्लाले सेयर बजारबाट ८० अर्ब डलर गुमाएको छ। 

विश्वको सबैभन्दा मूल्यवान अटोमोबाइल कम्पनी टेस्लाका सीईओ मस्कले यो वर्ष कम्पनीको कार बिक्रीमा केही गिरावट आउने बताएका थिए।

चिनियाँ कम्पनीसँगको प्रतिस्पर्धा र प्राइस वारका कारण २०२४ मा टेस्लाको कार बिक्रीमा केही कमी आउने उनले बताएका थिए। 

सँगै उनले टेस्ला कम मूल्यको विद्युतीय कार उत्पादनमा केन्द्रित हुन लागेको र त्यसका लागि कम्पनीले नयाँ पुस्ताको विद्युृतीय कार विकास गरिहेको बताएका थिए।

टेस्लाको कम मूल्यको नयाँ विद्युतीय कार २०२५ को मध्यतिर आउने छ र सो कार टेक्सासमा रहेको गिगा फ्याक्ट्रीबाट उत्पादन हुनेछ।

अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्ला इंक बजार पुँजीकरणका आधारमा विश्वकै सबैभन्दा मूल्यवान अटोमोबाइल कम्पनी हो।

टेस्लाले केही वर्षको अन्तरालपछि एकैपटक ८० अर्ब डलर गुमाएको हो। योसँगै टेस्लाको बजार पुँजीकरण २ सय १० अर्ब डलरमा आइपुगेको रोयटर्सले लेखेको छ। टेस्लाका साथै अन्य विद्युतीय कार कम्पनीहरुको सेयर मूल्यमा समेत गिरावट आएको छ। 

विद्युतीय सवारीको माग केही वर्षयताकै कम हुने आँकलन हुन थालेको छ। टेस्लाले सुरु गरेको मूल्य कटौतीको चक्रले पनि विद्युतीय कार खरिदकर्तालाई हच्क्याएको छ। यस्तो प्राइस वारले स्टार्टअफ ईभी उत्पादक तथा अन्य परम्परागत कार उत्पादकलाई पनि तनाव दिएको छ। 

‘कार बिक्री बढाउनका लागि टेस्लाले जस्तोसुकै हतकन्डा अपनाउनुले पनि केही समस्या ल्याएको हो,’ सीएमसी मार्केट्सका प्रमुख बजार विश्लेषक मिचेल हेवसनले भनेका छन्, ‘मूल्य कटौती गर्दा सञ्चालन आम्दानी स्वतः घट्छ। त्यसमाथि प्रतिस्पर्धा उल्लेख्य बढेकाले झनै अप्ठेरो पर्न सक्छ।’ 

टेस्लाको सेयर मूल्य बिहीबार घटेर १८२.६३ डलरमा झरेको छ। पछिल्लो समय टेस्लाको प्रतिसेयर मूल्य औषतमा २२५ डलर कायम थियो। 


प्रकाशित : शुक्रबार, माघ १२ २०८०११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend