सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नाडाले टुंगो लगायो विषयगत समिति, अटो शो संयोजकमा अनुप बराल

ईभी समितिमा श्रेष्ठ, वातावरणमा शिवाकोटी

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १० २०८०
नाडाले टुंगो लगायो विषयगत समिति, अटो शो संयोजकमा अनुप बराल

नाडाले कार्यसमिति सदस्य कपिल शिवाकोटीलाई वातावरण समितिको सभापति चयन गरेको छ।

काठमाडौं- नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले विभिन्न विषयगत समितिका सभापति तथा संयोजकहरू चयन गरेको छ। मंगलबार बसेको नाडा कार्यसमिति बैठकले अधिकांश समितिको सभापति टुंगो लगाएको हो। 

बैठकले नाडा वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई राजस्व समिति सभापति बनाएको छ। त्यस्तै उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई विद्युतीय सवारी र स्किल डेभलपमेन्ट समितिको सभापति चयन गरेको छ। अर्का उपाध्यक्ष निराकार श्रेष्ठलाई चारपांग्रे समितिको सभापति बनाइएको छ। 

त्यस्तै नाडाको सबैभन्दा धेरै चर्चा हुने नाडा अटो शो संयोजकमा अनुपकुमार बराललाई चयन गरेको छ। यसअघि पनि अटो शो संयोजनको जिम्मेवारी बराललाई नै दिइएको थियो। 

नाडाले अर्का कार्यसमिति सदस्य कपिल शिवाकोटीलाई वातावरण समितिको सभापति चयन गरेको छ। कोषध्यक्ष मिलनबाबु मल्ललाई हेभी इक्युपमेन्ट समिति सभापति चयन गरिएको छ।

यसैगरी प्रदेश समन्वय तथा सदस्यता वितरण समितिमा प्रकाश कपुरी, दुईपांग्रे सवारीसाधन कमिटिमा अभिक ज्योति, स्पेयर पार्टस्मा दिपेन्द्र मिश्रा, डिष्ट्रिब्युटर तथा डिलर समन्वय समितिमा दिपकराज गिरी चयन भएको नाडाले जनाएको छ। 

यो पटक नाडाले आवश्यक र काम हुने समितिमात्र बनाएको जनाएको छ। विगतका वर्षहरूमा बनाइएका कयौँ समितिले खासै काम नगरेको र दुई वर्षे कार्यकालमा एक पटक पनि बैठक नबसेकाले त्यस्ता समितिहरू यो पटक नबनाइएको नाडाले जनाएको छ। 


प्रकाशित : बुधबार, माघ १० २०८०१३:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend