सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

६ महिनामा ५ हजार १ सय ७ वटा विद्युतीय सवारी आयात

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ७ २०८०
६ महिनामा ५ हजार १ सय ७ वटा विद्युतीय सवारी आयात

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अविधमा ५ हजार १ सय ७ वटा विद्युतीय सवारी आयात भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनामा ५ हजार १ सय ७ वटा विद्युतीय सवारी आयात भएको हो। विभागका अनुसार १२ अर्ब ७३ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको हो।

जसबाट सरकारले ५ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। विभागका अनुसार २ हजार ५६ वटा ५० किलोवाट क्षमताका विद्युतीय सवारी आयात भएको छ।

यसैगरी २९ सय ७० वटा ५१ किलोवाट क्षमतादेखि १०० किलोवाट क्षमताका विद्युती सवारी आयात भएको छ। साथै १०१ देखि २०० किलोवाट क्षमताका ६८ वटा र सोभन्दा माथिका १३ वटा सवारी आयात भएको छ। 


प्रकाशित : आइतबार, माघ ७ २०८०१३:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend