आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

अघि बढ्यो ६६९ मेगावाट क्षमताको अरुण तल्लो, झन्डै १ खर्ब लागतमा बनाउँदै भारतीय कम्पनी सतलज

शनिबार, माघ ६ २०८०
अघि बढ्यो ६६९ मेगावाट क्षमताको अरुण तल्लो, झन्डै १ खर्ब लागतमा बनाउँदै भारतीय कम्पनी सतलज

प्रस्तावित आयोजनाबाट ४४४ घरधुरी प्रभावित हुनेछन्। प्रभावित हुने घरधुरी आर्थिकरुपमा ९३ र भौतिकरुपमा विस्थापित हुने छन्।

काठमाडौं- भारतीय कम्पनी सतलज जलविद्युत निगम लिमिटेडले अरुण तल्लो जलविद्युत आयोजनाको काम अगाडि बढाएको छ। तल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहण सुरु भएको छ।

६६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजना निर्माणस्थल क्षेत्र पर्ने संखुवासभाको साबिक गाविस दिदिङ को वडा नम्बर १, ३ ८, सित्तलपाटीको २, ३, ४,  ५, ६, ७, पांमा गाविसको ९ र मनकामना गाविसकको ४, ६, ७ मा पर्ने जग्गाको अधिग्रहण सुरु गरिएको हो। 

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पीडीएमा हस्ताक्षर अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पीडीएमा हस्ताक्षर

जसका लागि जिल्ला प्रशासन कार्यालय सङखुवासभाले सार्वजनिक सूचनामार्फत ६ सय ५६ जनाको नाम सार्वजनिक गरेको छ। जग्गा प्राप्ति ऐन, २०३४ को दफा १३ बमोजिमको मुआब्जा निर्धारण समितिको शुक्रबार बसेको बैठकबाट सूचना शनिबार प्रकाशित गरिएको हो।

तल्लो अरुण जलविद्युत आयोजनाको उत्पादन क्षमता बढाइएको थियो। परियोजनाको जडित क्षमता ४७४.२५ मेगावाटबाट बढाएर ६६९ मेगावाट क्षमता बनाइएको छ।

परियोजनामा अरुण नदीको बायाँ किनारामा रहेको अरुण ३ परियोजनाको टेलरेसबाट निस्कने ३४४.६८ घनमिटर/सेकेन्ड बहावलाई हेड पोन्डबाट सिधै इन्टेक गेटमार्फत १०.५ मिटर व्यास भएको घोडेटाप आकारको १७.४ कि.मी लामो सुरुङमा पठाइने छ। 

प्रस्तावित आयोजनाबाट ४४४ घरधुरी प्रभावित हुनेछन्। प्रभावित हुने घरधुरी आर्थिकरुपमा ९३ र भौतिकरुपमा विस्थापित हुने छन्। आयोजनाका लागि १८४ हेक्टर जग्गा आवश्यक पर्नेछ। जसमा निजी जग्गा १०७ हेक्टर, वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर रहेको छ। 

कटान हुने रूखको संख्या १६ हजार १ सय ९८ रूख रहेका छन्। निर्माण अविध ५ वर्ष बनाइएको छ। लागत ९२ अर्ब ६७ करोड रहने अनुमान गरिएको छ। 

तत्कालिन प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले २०७७ माघ १६ गते भारतीय कम्पनी छनोट गरेका थिए। वर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा दुई पक्षिय सम्झौता भएको थियो। 

झुट बोल्दैछन् ओली, तल्लो अरुण आफैले भारतीयलाई दिएर दाहालमाथि खनिँदै झुट बोल्दैछन् ओली, तल्लो अरुण आफैले भारतीयलाई दिएर दाहालमाथि खनिँदै


प्रकाशित : शनिबार, माघ ६ २०८०१६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend