शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

१ अर्बको लागतमा ३ सय शय्याको रवीन्द्र मेमोरियल अस्पताल निर्माण हुने

बिहीबार , माघ ४ २०८०
१ अर्बको लागतमा ३ सय शय्याको रवीन्द्र मेमोरियल अस्पताल निर्माण हुने

अस्पताल निर्माण भएसँगै ३ सय ७४ जनाले कर्मचारीले रोजगारी पाउने छन्। आयोजनाको लागत करबाहके १ अर्ब अनुमान गरिएको छ।

काठमाडौं- धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा ३ सय शय्याको रवीन्द्र मेमोरियन अस्पताल निर्माण हुने भएको छ। 
अस्पताल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ।

वन तथा वातावरण मन्त्रालयले रिपोर्ट राय सुझावका लागि सात दिनको समय दिएर सार्वजनिक गरेको हो। अस्पताल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ मा निर्माण हुने छ।

गनिनाथ गोविन्द हेल्थ फाउन्डेसन प्रालिको प्रस्तावमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत रिपोर्ट वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ।

अस्पतालले आउटडोर सेवा र इन्डोर सेवा तथा निदात्मक सेवा र चौबसै घण्टा आकस्मिक सेवा तथा फार्मेसी सेवा प्रदान गर्ने  रिपोर्टमा उल्लेख छ।

अस्पतालले खानेपानीका लागि जमिनमुनिको प्रशोधित पानी प्रयोग गर्ने छ।  अस्पतालको लागि १० हजार १ सय ६३ वर्गमिटर क्षेत्रफल प्रस्ताव भएको छ। जसमा ९ सय ३९ वर्गमिटर क्षेत्रमा अस्पतालको भवन निर्माण हुनेछ।

सात तल्ले अस्पताल भवनको जम्मा क्षेत्रफल १० हजार ३ सय ४४ वर्गमिटर रहेको छ। यसैगरी पार्किङ तथा खुल्ला क्षेत्रका लागि ८ हजार ५ सय २१ वर्गमिटर छुट्याइएको छ।

अस्पताल निर्माण भएसँगै ३ सय ७४ जनाले कर्मचारीले रोजगारी पाउने छन्।

आयोजनाको लागत करबाहके १ अर्ब अनुमान गरिएको छ।


प्रकाशित : बिहीबार , माघ ४ २०८०१६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend