आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भारतीय दर्जन कम्पनीले मागे तत्कालै ५ सय मेगावाट बिजुली, मध्यकालीन बिक्री सम्झौताको तयारी

बिहीबार , माघ ४ २०८०
भारतीय दर्जन कम्पनीले मागे तत्कालै ५ सय मेगावाट बिजुली, मध्यकालीन बिक्री सम्झौताको तयारी

काठमाडौं- भारतसँग ५ सय मेगावाट विद्युत व्यापारको लागि तत्काल नै मध्यकालीन व्यापारको सम्‍झौता हुने भएको छ। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अब मध्यकालीन ऊर्जा व्यापारका लागि आउने सिजनमा ५ सय मेगावाट बिजुली निर्यातको सम्झौता गर्न दर्जनौँ भारतीय कम्पनीहरू अगाडि सरेका छन्। 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २४औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन्। 

अल्पकालीन सम्झौता भने गतवर्ष नै ६ सय मेगावाटभन्दा बढीको भएर गत वर्षको बर्षादमा नै बिजुली गएको बताउँदै कार्यकारी निर्देशक घिसिङले आउने वर्षका लागि थप बिजुली भारत लैजानेगरी तयारी भएको उल्लेख गरेका छन्।

भारत र बंगलादेशमा बजार सुनिश्चित भएसँगै १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य भारत र बंगलादेशमा बजार सुनिश्चित भएसँगै १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य


प्रकाशित : बिहीबार , माघ ४ २०८०१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend