सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पन्च ईभी सार्वजनिक : मूल्य ११ देखि १४ लाख ४९ हजार भारु, रेन्ज ४२१ किमिसम्म

बुधबार, माघ ३ २०८०
पन्च ईभी सार्वजनिक : मूल्य ११ देखि १४ लाख ४९ हजार भारु, रेन्ज ४२१ किमिसम्म

पन्च ईभीको अधिकतम गति १ सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ भने शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ९.५ सेकेन्डमै तय गर्न सक्छ।

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले पन्च ईभी सार्वजनिक गरेको छ। कम्पनीले बुधबार भारतीय बजारमा प्रतिक्षित पन्च ईभी सार्वजनिक गरेको हो। 

भारतीय बजारमा निकै चर्चामा रहेको पन्च ईभी पेट्रोलियम इन्जिनको तुलनामा आकर्षक देखिएको छ। टाटा नेक्सन ईभीको फेसलिफ्ट डिजाइनबाट पन्च ईभी निक्कै प्रभावित रहेको छ।

दुई ब्याट्री २५ किलोवाट आवर र ३५ किलोवाट आवरमा पन्च ईभी उपलब्ध रहेको छ। पन्च ईभीको मूल्य १० लाख ९९ हजारदेखि १४ लाख ४९ हजार भारुको बीचमा तय गरिएको छ। 

२५ किलोवाट आवर ब्याट्री भएको पन्च ईभीमा ६० किलोवाट पावर र १ सय १४ एनएम टर्क र ३५ किलोवाट आवर ब्याट्रीयुक्त पन्चले ९० किलोवाट पवार र १ सय ९० एनएम टर्क जेनेरेट गर्छ। 

त्यस्तै २५ किलोवाट आवर ब्याट्री भएको पन्चले एक टकको फुल चार्जमा ३ सय १५ किमि र ३५ किलोवाट आवर ब्याटी भएको पन्चले ४ सय २१ किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। पन्च ईभीको अधिकतम गति १ सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ भने शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ९.५ सेकेन्डमै तय गर्न सक्छ। 

टाटाका यसअघि सार्वजनिक भएका ईभीमा चार्जिङ प्वाइन्ट साइडमा थिए भने पन्च ईभीमा चार्जिङ प्वाइन्ट गाडीको नोजमा रहेको छ। यो कार ५० किलोवाटको डीसी फास्ट चार्जर बाट चार्ज गर्दा १० बाट ८० प्रतिशत चार्ज हुन ५६ मिनेट लाग्नेछ। 

पन्च ईभीमा रहेको मोटर तथा ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी उपलब्ध गराएको टाटा मोटर्सले जनाएको छ। 

आईसीई पन्चको तुलनामा ईभीको क्याविनसमेत उल्लेखनीय रूपमा परिमार्जन गरिएको छ। पन्च ईभीमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टच स्क्रिन र इन्स्ट्रुमेन्ट क्लस्टर छ। टाटा मोटर्सले ईभीका लागि नयाँ प्लेटफर्म एक्टिभ (एक्टि-ईभी) समेत ल्याएको छ। पन्च ईभी पनि यही प्लेटफर्ममा आधारित रहेको छ।

पन्च ईभीमा सेगनेन्टमै पहिलो भेन्टिलेटेड फ्रन्ट सिट हुने टाटा मोटर्सले जनाएको छ। त्यसैगरी इलेक्ट्रोनिक पार्किङ ब्रेक, एयर प्युरिफायर, कर्नरिङ फग ल्याम्पस्, अटो-फोल्डिङ विङ मिरर्स, इलेक्ट्रिक सनरूफलगायत विशेषता रहने छ। साथै पन्च ईभीमा वायरलेस फोन चार्जर र ३६० डिग्री क्यामेरा समेत उपलब्ध रहेको छ। 

सुरक्षाको लागि पन्च ईभीमस ६ वटा एयरब्याग तथा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) छ।  

पन्च ईभी टाटाको चौथो ईभी हो। यसअघि टाटाको नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी सार्वजनिक भइसकेको छ। टाटाको ह्यारियर, कर्भ र सफारीसमेत विद्युतीय भर्सनमा आउने निश्चित भइसकेको छ।

टाटाका विद्युतीय कार नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी नेपाली बजारमा पनि उपलब्ध छन्। नेक्सन ईभी र टियागो ईभी सर्वाधिक बिक्री हुने विद्युतीय कारमा पर्छ। भारतमा सार्वजनिक भएपछि पन्च ईभी अबको केही समयपछि नेपाल ल्याउन पहल सुरू हुने छ। 


प्रकाशित : बुधबार, माघ ३ २०८०१५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend