सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टाटाको पन्च ईभी जनवरी १७ मा सार्वजनिक हुने, कहिले आइपुग्ला नेपाल?

शुक्रबार, पुस २७ २०८०
टाटाको पन्च ईभी जनवरी १७ मा सार्वजनिक हुने, कहिले आइपुग्ला नेपाल?

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले पन्च ईभी सार्वजनिक गर्ने मिति तय गरेको छ। कम्पनीले आगामी साता अर्थात जनवरी १७ मा पन्च ईभी सार्वजनिक गर्ने भएको छ। 

भारतीय बजारमा निक्नै चर्चामा रहेको पन्च ईभी पेट्रोलियम इन्जिनको तुलनामा आकर्षक देखिएको छ। टाटा नेक्सन ईभीको फेसलिफ्ट डिजाइनबाट पन्च ईभी निक्कै प्रभावित रहेको देखिन्छ।

टाटाका यसअघि सार्वजनिक भएका ईभीमा चार्जिङ प्वाइन्ट साइडमा थिए भने पन्च ईभीमा चार्जिङ प्वाइन्ट गाडीको नोजमा रहेको छ।

आईसीई पन्चको तुलनामा ईभीको क्याविनसमेत उल्लेखनीय रूपमा परिमार्जन गरिएको छ। पन्च ईभीमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टच स्क्रिन र इन्स्ट्रुमेन्ट क्लस्टर छ। टाटा मोटर्सले ईभीका लागि नयाँ प्लेटफर्म एक्टिभ (एक्टि.ईभी) समेत ल्याएको छ। पन्च ईभी पनि यही प्लेटफर्ममा आधारित रहेको छ।

पन्च ईभीमा सेगनेन्टमै पहिलो भेन्टिलेटेड फ्रन्ट सिट हुने टाटा मोटर्सले जनाएको छ। त्यसैगरी इलेक्ट्रोनिक पार्किङ ब्रेक, एयर प्युरिफायर, कर्नरिङ फग ल्याम्पस्, अटो-फोल्डिङ विङ मिरर्स, इलेक्ट्रिक सनरूफलगायत विशेषता रहने छ। साथै पन्च ईभीमा वायरलेस फोन चार्जर र ३६० डिग्री क्यामेरा समेत उपलब्ध हुनेछ।

सुरक्षाको लागि पन्च ईभीमस ६ वटा एयरब्याग तथा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) हुनेछ। 

पन्च ईभी दुई अप्सन स्ट्यान्डर्ड र लङ रेन्जमा आउने टाटा मोटर्सले यसअघि नै बताएसकेको छ। स्ट्यान्डर्ड अप्सनमा ३.३ किलोवाटको वाल बक्स चार्जर र लङ रेन्ज अप्सनमा ७.२ किलोवाटको एसी फास्ट चार्जर उपलब्ध हुने कम्पनीले जनाएको छ।

तर टाटा मोटर्सले पन्च ईभीमा कत्रो साइजको ब्याट्री हुने र स्ट्यान्डर्ड र लङ रेन्ज भेटियन्टको रेन्ज कति हुने भन्ने सार्वजनिक गरेको छैन। पन्च ईभी नेक्सन ईभी र आउँदै गरेका अन्य ईभी लाइनअप भन्दा मुनी हुनेछ।

पन्च ईभी टाटाको चौथो ईभी हो। यसअघि टाटाको नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी सार्वजनिक भइसकेको छ। टाटाको ह्यारियर, कर्भ र सफारीसमेत विद्युतीय भर्सनमा आउने निश्चित भइसकेको छ।

टाटाका विद्युतीय कार नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी नेपाली बजारमा पनि उपलब्ध छन्। नेक्सन ईभी र टियागो ईभी सर्वाधिक बिक्री हुने विद्युतीय कारमा पर्छ। भारतमा जनवरी १७ मा पन्च ईभी सार्वजनिक भएपछि नेपाल ल्याउन पहल सुरू हुने छ। भारतमा सार्वजनिक भएको २ देखि ३ महिना भित्र पन्च ईभी नेपाल आउने छ।


प्रकाशित : शुक्रबार, पुस २७ २०८०२०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend