आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

गोरुसिंगे-सन्धिखर्क सडक कालोपत्र गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २७ २०८०
गोरुसिंगे-सन्धिखर्क सडक कालोपत्र गरिँदै

अर्घाखाँची- पूर्वपश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिंगे-सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको छ।

साँघुरो सडक, खाल्टाखुल्टी तथा पुरानो कालोपत्र भएकाले जीर्ण बनेको गोरुसिंगे-सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्नेगरी काम अघि बढेको हो।

गोरुसिंगेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर रहेको छ। गोरुसिंगेबाट पिरापानीसम्म झण्डै १५ किमी सडक विस्तार तथा मर्मतको काम सम्पन्न भइसकेको शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले जानकारी दिए। उनका अनुसार बाँकी रहेको सडकमा पाँच निर्माण कम्पनीले काम गरिरहेका छन्।

यस आर्थिक वर्षको अन्त्यसम्ममा झण्डै १८ किमी सडकमा नयाँ कालोपत्र गरिने भएको इन्जिनियर पाण्डेले बताए।

सडक निर्माण तथा विस्तारको काम समयमै सम्पन्न गर्नका लागि सडकलाई खण्ड-खण्ड गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको उनको भनाइ थियो। यस आवमा ३३ करोड लागतमा सडक निर्माण तथा मर्मत भइरहेको शिवपुर सडक डिभिजन कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, पुस २७ २०८०१६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend