सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

गुजरातमा सुजुकीको ३८ हजार करोड लगानी, पहिलो ईभी पनि त्यही प्लान्टमा बन्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २७ २०८०
गुजरातमा सुजुकीको ३८ हजार करोड लगानी, पहिलो ईभी पनि त्यही प्लान्टमा बन्ने

आर्थिक वर्ष ०३१ सम्म पुग्दा उक्त प्लान्टको उत्पादन क्षमता ४० लाख पुग्ने कम्पनीले जनाएको छ।

काठमाडौं- सुजुकीले भारतमा ठूलो लगानी थप गर्ने घोषणा गरेको छ। भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी हुन आएका सुजुकी मोटर कर्पका निर्देशक तथा अध्यक्ष टी सुजुकीले उक्त घोषणा गरेका हुन्। 

सुजुकीले गुजरातमा रहेको सवारी उत्पादन प्लान्टमा समग्रमा ३८ हजार २ सय करोड भारु लगानी गर्ने बताएको हो। लगानी थप परेपछि हालको उत्पादनलाई दोबर बनाउने लक्ष्य सुजुकीले लिएको छ। 

आर्थिक वर्ष ०३१ सम्म पुग्दा उक्त प्लान्टको उत्पादन क्षमता ४० लाख पुग्ने कम्पनीले जनाएको छ। भारतको अटोमोबाइल बजार तीव्र रुपमा विस्तार भइरहेकाले लगानी बढाइएको टी सुजुकीको भनाइ छ। 

सुजुकीले भारतमा कार उत्पादन क्षमता बढाउन चाहेरै लगानी बढाइएको उनको भनाइ छ। ‘१० वर्षअघि हामीले अपेक्षा गरेभन्दा भारतमा कार उत्पादन १.७ प्रतिशत र भारतबाट हुने निर्यात बिक्री २.६ प्रतिशतले बढेको छ,’ सुजुकीले भने, ‘यसका लागि हामी प्रधानमन्त्री मोदीको सक्रियतालाई धन्यवाद दिन्छौँ र भारतको आर्थिक विकास प्रति खुसी छौँ।’ 

सुजुकी आफैँ र उसको भारतीय साझेदार मारुती सुजुकीले पनि गुजरातमा वार्षिक १० लाख कार उत्पादन गर्ने गरि आफ्नो क्षमता विस्तार गरिरहेको छ। मारुती सुजुकीले सो क्षमता कार उत्पादन २०२९ मा पुग्दा भेट्ने बताएको छ। 

हाल सुजुकी मोटर गुजरातको वार्षिक उत्पादन क्षमता ७ लाख ५० हजार वटा रहेको छ। लगानी विस्तारपछि उक्त प्लान्टबाट वार्षिक १० लाख कार उत्पादन हुने कम्पनीले जनाएको छ। त्यस्तै गुजरातको नयाँ प्लान्टसहित सुजुकीको कुल क्षमता वार्षिक २० लाख वटा पुग्ने छ।

यता मारुती सुजुकीको हरियानाको विस्तारित बन्दै गरेको प्लान्टबाट २०२५ मा सवारी उत्पादन सुरु हुने छ। आर्थिक वर्ष २०३१ सम्म पुग्दा सो सो प्लान्टको वार्षिक उत्पादन क्षमता वार्षिक ४० लाख पुग्ने अनुमान छ।  

भारतमा सुजुकीको पहिलो विद्युतीय कार पनि गुजरात प्लान्टबाटै उत्पादन हुनेछ। २०२४ को अन्त्यसम्ममा उक्त विद्युतीय कार भारतीय बजारमा आउने अनुमान गरिएको छ। २०३० सम्म पुग्दा सुजुकी मोटरले ६ वटा नयाँ विद्युतीय सवारी मोडल सार्वजनिक गर्नेछ। 

भारतमा सुजुकीले ह्याचब्याक सेगमेन्टको विद्युतीय कार पनि ल्याउने बताइएको छ। उक्त विद्युतीय कारले टाटा टियागो ईभी संँग प्रतिस्पर्धा गर्नेछ।  


प्रकाशित : शुक्रबार, पुस २७ २०८०१५:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend