आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मन्त्रिपरिषद्‍बाट निर्णय भएको ४ दिनपछि उद्योगहरूमा काटिएको लाइन जोड्ने प्राधिकरणको निर्णय

शुक्रबार, पुस २७ २०८०
मन्त्रिपरिषद्‍बाट निर्णय भएको ४ दिनपछि उद्योगहरूमा काटिएको लाइन जोड्ने प्राधिकरणको निर्णय

गएको मंगलबार नै मन्त्रिपरिषद्‍मार्फत निर्णय गरेर तत्काल बिजुली जोडिदिनू भनेको पनि चार दिन बितिसकेको छ। उक्त निर्णय प्राधिकरणमा पुगेको २४ घण्टापछि प्राधिकरणले लाइन जोड्ने निर्णय गरेको हो।

काठमाडौं- नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूमा काटिएको लाइन जोड्ने निर्णय गरेको छ। 

नेपाल विद्युत प्राधिकरणले विगतको बक्यौता नतिरको भन्दै २२ दिन अघिदेखि पटक पटक गरी २४ ठूला उद्योगको लाइन काटेको थियो। प्राधिकरणले ६१ उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको भन्दै २४ उद्योगको बिजुली काटेको हो। 

यस्तोमा मन्त्रिपरिषद्‍को निर्देशनपछि शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औँ बैठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको छ।

सञ्चालक समितिले सरकारबाट गठन भएको जाँचबुझ आयोगबाट प्रतिवेदन पेस भइ अर्को निर्णय नभएसम्मका लागि लाइन काटिएका उद्योगहरूको विद्युत् लाइन जाेड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

उद्योगमा पुरानो बक्यौता बाँकी रहेको भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन काटेको २२ दिन पुगिसकेको छ। गएको मंगलबार नै मन्त्रिपरिषद्‍मार्फत निर्णय गरेर तत्काल बिजुली जोडिदिनू भनेको पनि चार दिन बितिसकेको छ। उक्त निर्णय प्राधिकरणमा पुगेको २४ घण्टापछि प्राधिकरणले लाइन जोड्ने निर्णय गरेको हो।

गएको मंगलबार मन्त्रिपरिषद्‌को बैठकले विद्युत् महसुल विवाद समाधानको लागि जाँचबुझ आयोग ऐन २०२६ अनुसार सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिश चन्द्र लालको नेतृत्वमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयको प्रतिनिधि तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिनिधी सदस्य रहको जाँचबुझ आयोग बनाउने निर्णय गरेको थियो। 


प्रकाशित : शुक्रबार, पुस २७ २०८०११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend