आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

एडीबीको सहयोगमा महत्वपूर्ण सडकमा काम भइरहेको जनाउँदै मन्त्री ज्वालाले भने - भत्काउने र बनाउने काम सँगसँगै हुनुपर्थ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २६ २०८०
एडीबीको सहयोगमा महत्वपूर्ण सडकमा काम भइरहेको जनाउँदै मन्त्री ज्वालाले भने - भत्काउने र बनाउने काम सँगसँगै हुनुपर्थ्यो

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एसियाली विकास बैंक (एडीबी) को सहयोगमा स्तरोन्नति भइरहेका तीन सडक आयोजना मुलुकका लागि महत्वपूर्ण रहेको बताएका छन्। 

नारायणगढ-बुटवल सडक, मुग्लिन (आँबुखैरेनी)-पोखरा सडक र कञ्चनपुर-कमला सडक आयोजनाको अवस्थाको बारेमा जानकारी दिन आयोजना  निर्देशनालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले तीनै आयोजना देशका लागि महत्वपूर्ण रहेको बताए। उनले पहिलेदेखि नै थोरै-थोरै गर्दै कामलाई पूर्णता दिनुपर्नेमा त्यसरी काम नभएकोसमेत बताए। 

विगतदेखि नै भत्काउनुपर्ने ठाउँमा सम्पूर्ण भत्काइसकेर मात्र काम थाेरै थाेरै गर्ने परम्पराले आयोजनाको स्थिति बिग्रिएको भन्दै उनले भने, '३/४ किलोमिटर भत्काएर बनाउँदै लगेको भए समस्या समाधान हुने थियो, अब त्यतातर्फ विवादभन्दा पनि काममा तीव्रता दिनुपर्छ।' 

'तीनवटै आयाेजनाको बारेमा विगतदेखि नै चासो राख्दै आएको र अहिले पनि प्राथमिकता जारी रहेको बताउँदै उनले अहिले कामै नभएको झैँ गरि प्रचार गरिएकोमा आपत्ति जनाए।

विगतको २७ महिनाको भन्दा अहिलाे पछिल्लो ८ महिना यता धेरै सुधार भएको र ठेकेदारले काममा तदारुकता दिएकोसमेत उनले बताए। अहिले आफूले आयोजना मुख्य कार्यालय र चिनियाँ दूतावाससँग पनि छलफल गरेर काममा तीव्रता दिलाएको उनले दाबी गरे।

पाेखरा-मुग्लिन र नारायणगण-बुटवल सडकखण्डका विषयमा वन मन्त्रालयदेखि बिजुलीलगायत समस्याका विषयमा बुधबार पनि छलफल भएको उनले बताए।

'अहिले छलफल मात्रै हाेइन ठेकेदारलाई काम नगर्ने भए ठेक्का ताेड्ने चेतावनीपछि काम अगाडि बढेको छ। पाेखरा मुग्लिनतर्फ पनि अहिले धेरै प्रगति बढेको छ। दुई सकडमा हरसम्भव हस्तक्षेप गरेर काममा तीव्रता दिएर समस्या पहिचान गरेर समाधानसमेत गर्दै गएका छौँ' उनले भने। 

अहिले दुवैतर्फका सडकमा रुख कटानको समस्या समाधान भएको तथा खानेपानी पाइपको समेत समस्या समाधान भएको उनले जानकारी दिएका छन्।

त्यस्तै घर टहरा व्यवस्थापनमा दमाैलीतर्फ मात्रै काम बाँकी रहेको मन्त्री ज्वालाले बताए। साथै निर्माण सामग्रीको अभाव नहुनेगरी व्यवस्थापन गरिएको उनको भनाइ छ। 

एडीबीमार्फत स्तरोन्नति भइरहेका मुख्य तीन सडक आयोजना : कहाँ के हुँदैछ काम? एडीबीमार्फत स्तरोन्नति भइरहेका मुख्य तीन सडक आयोजना : कहाँ के हुँदैछ काम?


प्रकाशित : बिहीबार , पुस २६ २०८०१५:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend