सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

विश्वभर ईभी ब्याट्री उत्पादनमा सीएटीएलको हिस्सा ३७.४ प्रतिशत

बुधबार, पुस २५ २०८०
विश्वभर ईभी ब्याट्री उत्पादनमा सीएटीएलको हिस्सा ३७.४ प्रतिशत

विश्वभर इन्स्टल भएको कुल ब्याट्रीमा सीएटीएल एक्लैको हिस्सा ३७.४ प्रतिशत पुगेको छ। ब्याट्री उत्पादनमा एक तीहाइभन्दा बढी हिस्सा भएको कम्पनी सीएटीएलमात्रै हो।

काठमाडौं- विद्युतीय सवारीको ब्याट्री उत्पादनमा चिनियाँ कम्पनी सीएटीएल सबैभन्दा अगाडि रहेको छ। विश्वभर उत्पादन हुने ईभी ब्याट्रीमा सीएटीएलको हिस्सा ३७.४ प्रतिशत रहेको छ। 

दक्षिण कोरियाली बजार अनुसन्धान संस्था एसएनई रिसर्चका अनुसार २०२३ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा विश्वभर विद्युतीय सवारीमा ६ सय २४.४ जीडब्लूएच ब्याट्री खपत भएको थियो। यो परिमाण २०२२ को सोही अवधिको तुलनामा ४१.८ प्रतिशतले बढेको हो। २०२२ जनवरीदेखि नोभेम्बरसम्ममा विश्वभर ४ सय ४०.५ जीडब्लूएच ब्याट्री खपत भएको थियो। 

२०२३ को ११ महिनामा सीएटीएलले २ सय ३३.४ गिगावाट आवर ब्याट्री इन्स्टल गरेको हो। यो २०२२ को सोही अवधिको तुलनामा ५२.१ प्रतिशतले बढेको हो। गत वर्षको सोही अवधिमा सीएटीएलले १ सय ५७.४ गिगावाट आवर ब्याट्री इन्स्टल गरेको थियो। 

विश्वभर इन्स्टल भएको कुल ब्याट्रीमा सीएटीएल एक्लैको हिस्सा ३७.४ प्रतिशत पुगेको छ। ब्याट्री उत्पादनमा एक तीहाइभन्दा बढी हिस्सा भएको कम्पनी सीएटीएलमात्रै हो। 

त्यस्तै दक्षिण कोरियाली कम्पनी एलजी इनर्जी सोलुसनले सो अवधिमा ८४.८ जीडब्लूएच ब्याट्री इन्स्टल गरेको हो। यो २०२२ को जनवरीदेखि नोभेम्बरको तुलनामा ४१.८ प्रतिशतले बढेको हो। कुल ब्याट्री उत्पादनमा एलजी इनर्जी सोलुसनको हिस्सा १३.६ प्रतिशत छ। 

जापानी कम्पनी पानासोनिकको ब्याट्री बजार हिस्सा ६.५ प्रतिशत, कोरियाको एसके आनको ५ प्रतिशत तथा चीनको सीएएलबीको हिस्सा ४.७ प्रतिशत रहेको छ। 

विश्वभर विद्युतीय सवारीको माग बढ्दै गएकाले त्यसमा प्रयोग हुने ब्याट्रीको मागसमेत उल्लेख्य रुपमा बढेको छ। आगामी दिनमा यो अझै बढ्दै जोन अनुमान गरिएको छ। 


प्रकाशित : बुधबार, पुस २५ २०८०१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend