आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

डेडिकेटेड र ट्रंकलाइन विवाद : महसुल बुझाउन प्राधिकरणले दियो ६० महिनाको म्याद

मंगलबार, पुस २४ २०८०
डेडिकेटेड र ट्रंकलाइन विवाद : महसुल बुझाउन प्राधिकरणले दियो ६० महिनाको म्याद

प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ। बक्यौता नबुझाएका २४ उद्योगको विद्युत् सेवा कटौती गरेको छ।

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ।

प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो।

प्राधिकरणको यही पुस १६ गतेको सञ्चालक समितिको बैठकले बक्यौता रकम किस्ताबन्दीमा बुझाउने विशेष व्यवस्था गरेको सूचनामा जनाइएको छ। यो व्यवस्था एक पटकका लागि गरिएको पनि प्राधिकरणले स्पष्ट गरेको छ। 

प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ। बक्यौता नबुझाएका २४ उद्योगको विद्युत् सेवा कटौती गरेको छ। रासस


प्रकाशित : मंगलबार, पुस २४ २०८०११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend