सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपाल भित्रियो रियलमीको नार्जो ब्रान्ड 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १६ २०७८
नेपाल भित्रियो रियलमीको नार्जो ब्रान्ड 

५० मेगापिक्सेलको प्राइमेरी क्यामेरा भएको यसमा ६ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ। ४ जीबी र्‍याम र ६४ जीबी मेमोरी भएको फोनको मूल्य १५ हजार ४९९ रुपैयाँ रहेको छ। 

काठमाडौं-  चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीको नार्जो ब्रान्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ। 

मुरारका समूहसँगको साझेदारीमा रियलमीले आफ्नो नार्जो सिरिजका स्मार्टफोन नेपाली बजारमा ल्याएको हो। 
नार्जो फिफ्टी सेरिज अन्तर्गतका फोनहरु नार्जो ५०आई र नार्जो ५०ए मोडलका फोन नेपाली बजारमा भित्रिएका हुन्। 
संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँगको सहकार्यबाट नेपाली प्रयोगकर्तालाई लाभ पुग्ने मुरारका समूहका निर्देशक शिरिष मुरारकाले बताए। 

'यो सँगै हाम्रो मुख्य उद्धेश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो र यहि सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो सेरि ल्याएका छौँ जुन हाम्रो उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन् । यी दुइ फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने विश्वास छ' मुरारकाले भने। 

'नार्जो फिफ्टी ए' फोनमा मिडियाटेकको हेलियो जीट्टीफाइभ चिपसेट रहेको छ। गेमिङका लागि उत्कृष्ट मानिएको यो चिपसेटसँगै यसमा २ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको छ।  ५० मेगापिक्सेलको प्राइमेरी क्यामेरा भएको यसमा ६ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ। ४ जीबी र्‍याम र ६४ जीबी मेमोरी भएको फोनको मूल्य १५ हजार ४९९ रुपैयाँ रहेको छ। 

त्यस्तै 'नार्जो फिफ्टी आई' मा पाँच हजार एमएएच क्षमताको ब्याट्री रहेको छ। यसमा दुई स्टोरेज भेरियन्ट रहेका छन्। जसमा ४ जीबी र्‍याम र ६४ जीबी मेमोरी भएको फोनको मूल्य १९ हजार ४९९ रुपैयाँ र ४ जीबी र्‍याम र १२८ जीबी मेमोरी भएको फोनको मूल्य २१ हजार १९९ रुपैयाँ रहेको छ। 


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०५:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend