आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

४ अर्ब लागतमा मुग्लिन-आँबुखैरेनी सडकखण्डमा ९.३ किलोमिटर सडक निर्माण हुने

आइतबार, पुस २२ २०८०
४ अर्ब लागतमा मुग्लिन-आँबुखैरेनी सडकखण्डमा ९.३ किलोमिटर सडक निर्माण हुने

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन-आँबुखैरेनी खण्डमा नयाँ सडक निर्माणका साथै पुरानो सडक स्तरोन्नति हुने भएको छ। एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सडक निर्माण हुने छ।

सडक निर्माणका लागि आयोजना निर्देशनालयमार्फत तयार भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको छ। कुल ९.३८४ किलोमिटर सडक स्तरोन्नति तथा नयाँ निर्माणका लागि ३ अर्ब ९७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। 

प्रस्तावित सडक स्तरोन्नति तथा नयाँ निर्माणको काक मुग्लिङ-नारायणगढ चोकको करिब ९३६ मिटरपूर्व चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ बाट सुरु भइ आँबुखैरेनी वडा नम्बर ३ तनहुँमा समाप्त हुनेछ।

प्रस्तावित सडक विभिन्न गाउँ जस्तै भुवनीटार, नयाँ बस्ती, करनटार खानतोक टोल, सुन्तरीबस्ती टोल र सिद्दीगणेश टोल तथा पाँच वटा सामुदायिक वन त्रिवेणी धार्मिक, सल्लेरी हुँदै चिसापानी भएर निर्माण हुने छ।

प्रस्तावित स्तरोन्नति तथा नयाँ निर्माण सडक परियोजनाअन्तर्गत ४.४५६ किलोमिटर नयाँ सडक र ४.९२८ स्तरोन्नति हुने छ। सडकको कुल लगात ३ अर्ब ९७ करोड ४७ लाख ४७ लाख २१ हजार २४ रुपैयाँ रहेको छ। 

आँबुखैरेनी सडकखण्डको ‌औसत चौडाइ ६.७ मिटर रहेको छ। निकट भविष्यमा नै यो राजमार्गमा सवारी साधन चलाउन पर्याप्त नहुन सक्ने रिपोर्टमा उल्लेख छ। परियोजनाले निकट भविष्यमा ट्राफिक प्रवाहलाई सहज बनाउन मद्दत गर्ने रिपोर्टमा उल्लेख छ।


प्रकाशित : आइतबार, पुस २२ २०८०११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend