सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सबैभन्दा कम उमेरमा निर्विरोध नाडाको अध्यक्ष बने करण चौधरी

शनिबार, पुस २१ २०८०
सबैभन्दा कम उमेरमा निर्विरोध नाडाको अध्यक्ष बने करण चौधरी

शुक्रबार भएको नाडाको ४७औँ साधारण सभाले निर्विरोध निर्वाचित भएका अध्यक्ष चौधरीसहित कार्यसमितिलाई अनुमोदन गरेको हो।

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी  निर्विरोध निर्वाचित भएका छन्। चौधरी नाडाको हालसम्मकै सबैभन्दा कम उमेरका युवा अध्यक्ष भएका हुन्।

चौधरीलाई अध्यक्ष पदका आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समर्थन भएसँगै निर्विरोध हुने पक्का भएको थियो। शुक्रबार भएको नाडाको ४७औँ साधारण सभाले निर्विरोध निर्वाचित भएका अध्यक्ष चौधरीसहित कार्यसमितिलाई अनुमोदन गरेको हो। 

अटोमोबाइल्स क्षेत्रमा परिचित चौधरी सीजी होल्डिङसका कार्यकारी निर्देशक हुन्। सीजी होल्डिङसका अन्तर्गत सुजुकी चार पांग्रे सवारी चौधरी स्वयमले  नेतृत्व गरेका  कम्पनी हो भने गल्फ लुब्रिकेन्टका वितरक तथा उत्पादक कम्पनी नेपाल ल्युब आयल लिका कार्यकारी निर्देशक पनि हुन्।  

निर्विरोध निर्वाचित भएपछि साधारण सभालाई सम्बोधन गर्दै सम्पूर्ण अटो सेक्टर अहिले निराशाजनक अवस्थामा रहेकाले सबैले मिलेर कसरी यसलाई माथि ल्याउने? त्यो पहिलो प्राथमिकता हुने बताए। ‘देशभर रहेका सम्पूर्ण कर्मठ अटो र अटोसम्बन्धि व्यावासायीको आवाजलाई अझै सशक्त बनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने छौँ,’ उनले भने, ‘सानोभन्दा सानो विषयलाई ठूलो रुपमा अगाडी बढाउने छु।’

कार्यसमितिका लागि आवश्यक संख्या मात्रै उम्मेद्वारी दर्ता भएकाले सबै सदस्य पनि निर्विरोध भएका हुन्। नाडाको विधानअनुसार कार्यसमितिमा निर्वाचित सदस्यबाटै पदाधिकारी चयन हुनेछन्।

कार्यसमिति सदस्यमा राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्रकुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध बनेका थिए।

त्यस्तै संस्थागततर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट पुष्करराज ओझा निर्विरोध बनेका थिए।


प्रकाशित : शनिबार, पुस २१ २०८०१५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend