सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

६ सय २० किमि रेन्ज दिने स्काइवेलका विद्युतीय एसयूभी हिँड्यो नेपालतर्फ

शुक्रबार, पुस २० २०८०
६ सय २० किमि रेन्ज दिने स्काइवेलका विद्युतीय एसयूभी हिँड्यो नेपालतर्फ

स्वाइवेल ईटी फाइभमा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ।

काठमाडौं- स्काइवेलको विद्युतीय सवारी नेपाल आउने तय भएको छ। जी मोटर्सले आधिकारिक रुपमा नेपाल भित्र्याएको स्काइवेलका विद्युतीय एसयूभी नेपालतर्फ ल्याइएको हो। 

लामो प्रतिक्षापछि स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभ नेपालका लागि प्लान्टबाट डिसप्याच भएको हो। जी मोटर्सले नाडा अटो शो २०२३ मा स्काइवेल ब्रान्ड नेपाल भित्रिएको औपचारिक घोषणा गरेको थियो। त्यससँगै कम्पनीले अटो शोबाटै ईटी फाइभको बुकिङसमेत खुलाएको थियो। 

उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्य सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभ दुई साताभित्र नेपाल आइपुग्ने छ। स्काइवेल ईटी फाइभले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। 

skywell 2.jpeg

स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। यो कारको मूल्य १ करोड ९ लाख रूपैयाँ हुने यसअघि नै जी मोटर्सले उल्लेख गरेको थियो। 

स्काइवेल ईटी फाइभ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ।

skywell 3.jpeg

स्वाइवेल ईटी फाइभमा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ। 

पछिल्लो समय विद्युतीय सवारीप्रति बढ्दो उपभोक्ता चाहनालाई सम्बोधन गर्न जी मोटर्सले जी ईभीमार्फत स्वाइवेल ब्रान्ड आधिकारिक रूपमा ल्याएको हो। विद्युतीय एसयूभीमा पनि प्रिमियम सेमगेन्टका उपभोक्तालाई उपयुक्त मूल्यमा सवारी उपलब्ध गराउने उद्देश्यले जी ईभीले नयाँ ब्रान्ड भित्र्याएको कम्पनीको भनाइ छ। 

skywell 4.jpeg

जी मोटर्सले करिब ३ दर्जन ईटी फाइभ बुकिङ भएको दाबी गरेको छ। कम्पनीले दुई सातापछि ईटी फाइभ नेपाल आइपुगेसँगै टेस्ट ड्राइभ तथा उपभोक्ताका लागि हस्तान्तरण सुरु हुनेछ। 

स्काइवेलको शोरुम भक्तपुरमा बनिसकेको छ भने काठमाडौंको नक्सानमा निर्माणाधीन रहेको जी मोटर्सले जनाएको छ। 


प्रकाशित : शुक्रबार, पुस २० २०८०१५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend