सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नाडाको नयाँ कार्यसमिति अध्यक्षसहित सबै सर्वसम्मत चयन

शुक्रबार, पुस १३ २०८०
नाडाको नयाँ कार्यसमिति अध्यक्षसहित सबै सर्वसम्मत चयन

नाडाको विधानअनुसार कार्यसमिति भित्रबाटै पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ। नाडाले २० र २१ गते साधारणसभा सकिएपछि पदाधिकारी निर्वाचन गर्ने तय गरेको छ।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। सदस्यदेखि अध्यक्षसम्म निर्विरोध भएका हुन्। 

शुक्रबार मनोनयन दर्ताको समय सकिँदा अध्यक्षमा करण चौधरीको मात्र उमेद्वारी गरेकाले निर्विरोध भएका हुन्। यसअघि नाडामा सबै पक्षबीच समहतिमै नयाँ कार्यसमिति चयन गर्ने ससमति भएको थियो। 

यही पुस २० र २१ मा हुने ४७औँ साधारणसभाबाट नयाँ नेतृत्वका चयनका लागि भन्दै शुक्रवार मनोनयन दर्ता गर्ने कार्यतालिका थियो। सोहीअनुसार अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन्।

त्यस्तै १७ सदस्यीय कार्यसमितिमा सबै सदस्यहरु निर्विरोध भएका छन्। निर्विरोध निर्वाचित हुने सदस्यहरुमा राजनबाबु श्रेष्ठ, आकाश गोल्छा, निराकर श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, कपिल शिवाकोटी, सुनिल रिजाल विक्रम सिंघानिया, मिलनबाबु मल्ल, सौरभ थापा छन्।

यसैगरि पंकज अग्रवाल, प्रदिपमान प्रधान, प्रकाश कपुरी, दीपेन्द्र मिश्रा, नवराज भुषाल, रिद्धि कार्की र सन्जयकुमार खेतान र यमुना श्रेष्ठ समस्यमा निर्वाचित भएका हुन्। 

नाडाको विधानअनुसार कार्यसमिति भित्रबाटै पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ। नाडाले २० र २१ गते साधारणसभा सकिएपछि पदाधिकारी निर्वाचन गर्ने तय गरेको छ।  

त्यस्तै ७ वटै प्रदेशमा सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुनेमा कोसीबाट मोरङ अटोमोवाल्स डिलर्स एशोसिएसनका सञ्जयकुमार श्रेष्ठ, मधेशबाट जानकी अटोमोवाइल्स एशोसिएसनका तेजनारायण साह, बागमती प्रदेशबाट चितवन अटोमोवाइल्स एशोसिएसनका कुलबहादुर क्षेत्री रहेका छन्।

त्यसैगरि गण्डकीबाट वेस्टर्न अटोमोवाइल्स डिलर्स एशोसिएसनका कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेशबाट लुम्बिनी अटोमोवाइल्स एशोसिएसका गणेशप्रसाद भट्टराई, कर्णाली प्रदेशबाट कर्णाली अटोमोवाइल्स एशोसिएसनका भद्र भण्डारी र सुदूरपश्चिमबाट फार वेस्टर्न अटोमोवाइल्स डिलर्स एशोसिएसनका पुष्करराज ओझा निर्विरोध निर्वाचित भएका हुन्। 


प्रकाशित : शुक्रबार, पुस १३ २०८०१८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend