बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दर्ता

images
बिहीबार , पुस १२ २०८०
images
गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दर्ता

राष्ट्र बैंक ऐन २०५८ को दफामा २० मा गभर्नर बन्नका लागि न्यूनतम योग्यता स्नातकोत्तर तोकिए पनि गभर्नर अधिकारी चार्टर्ड एकाउन्टेड मात्रै भएको भन्दै रिट दर्ता भएको हो।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

images
images
images

अधिवक्ता दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्। मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै दर्ता गरिएको रिटको पेशी शुक्रबार बिहान १० बजेलाई तोकिएको छ।

images
images

राष्ट्र बैंक ऐन २०५८ को दफामा २० मा गभर्नर बन्नका लागि न्यूनतम योग्यता स्नातकोत्तर तोकिए पनि गभर्नर अधिकारी चार्टर्ड एकाउन्टेड मात्रै भएको भन्दै रिट दर्ता भएको हो। 

images
images

अधिकारीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ चैत २४ गते गभर्नर नियुक्ति गरेको हो।

रिटमा सरकारको उक्त निणर्य उत्प्रेषणको आदेशबाट बदर गर्दै न्यूनतम योग्यता नपुगेकाले अधिकारीविरुद्ध अधिकारपृच्छाको आदेश जारी गर्न माग गरिएको छ।


प्रकाशित : बिहीबार , पुस १२ २०८०१४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend