बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

बनिनसक्दै भत्कियो इर्खुवाखोलाको मोटरेबल पुल

images
बिहीबार , पुस १२ २०८०
images
बनिनसक्दै भत्कियो इर्खुवाखोलाको मोटरेबल पुल

ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयले राखेका छन्।

images
images

भोजपुर- षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ। यो पुलले षडानन्न नगरपालिका-२ र साल्पासिलिछो गाउँपालिका-३ जोड्छ।

images
images
images

ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज भत्किएको हो। अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहजरूपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ। स्थानीयले ठेकेदारको लापरबाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको आरोप लगाएका छन्।

images
images

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले ढलानका लागि छड राखिसकेको अवस्थामा पुल तल खसेको बताए। पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयले राखेका छन्।

images
images

लापरबाहीका कारण यसअघि पनि भोजपुरकै दक्षिण क्षेत्र जोड्ने कावा खोलामा पाँच करोड रूपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको पक्की पुल पनि २०७८ मङ्सिरमा भत्किएको थियो। हतुवागढी गाउँपालिका-२ रानीबास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा बनिरहेको पुल भत्किएको थियो। रासस


प्रकाशित : बिहीबार , पुस १२ २०८०१४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend