बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

प्रणाली ह्याक गरी आफ्नो खातामा रकम हाल्ने नेपाल बैंकका शाखा प्रमुख कोइरालालाई ६ वर्ष कैद

images
बुधबार, पुस ११ २०८०
images
प्रणाली ह्याक गरी आफ्नो खातामा रकम हाल्ने नेपाल बैंकका शाखा प्रमुख कोइरालालाई ६ वर्ष कैद

नेपाल बैंक लिमिटेडका डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाले बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका काम गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

images
images

काठमाडौं- प्रणालीमा अनधिकृत नियन्त्रण कायम गरी बैंकमा जम्मा हुने ब्याजलाई आफ्नो खातामा जम्मा गरेको अभियोग लागेका नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भुपराज कोइरालाई विशेष अदालतले भ्रष्टचारी ठहर गरेको छ। 

images
images
images

दोषी ठहर कोईरालालाई अदालतले जरिवाना तथा सजाया तोकेको छ।  कोईरालालाई ६ वर्ष  १ महिना कैद र ५४ लाख ८४ हजार जरिवाना तोकिएको छ। 

images
images

 नेपाल बैंक लिमिटेडका डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाले बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका काम गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। 

images
images

बैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहँदा नेपाल बैंक लिमिटेडले प्रयोग गर्ने बैकिङ्ग सिष्टमअन्तर्गत प्रयोग गर्ने गरी निजलाई व्यक्तिगत रुपमा प्रदान गरिएको अरु कसैले प्रयोग गर्न नमिल्ने र अरुलाईसमेत प्रयोग गर्न दिन नमिल्ने व्यक्तिगत टेलर आईडीको दुरूपयोग गरेर ब्याज आफ्नो खातामा जम्मा गरेका थिए। 


प्रकाशित : बुधबार, पुस ११ २०८०१८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend