बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

प्रधानमन्त्रीले भने - बुढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन, छिट्टै काम अघि बढ्छ

images
बुधबार, पुस ११ २०८०
images
प्रधानमन्त्रीले भने - बुढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन, छिट्टै काम अघि बढ्छ

'यो आयोजनाबाट भविष्यसम्म पनि गोरखा र गोर्खाली जनताको आर्थिक विकास र समृद्धिका निम्ति तथा  रोजगारीको अवसर पनि हुन्छ।'

images
images

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक अभाव नहुने बताएका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी  आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चिता गरिसकेको उल्लेख गरे।

images
images
images

'बुढीगण्डकी आयोजना के होला? कसो होला? भन्ने भइरहेको थियो', प्रधानमन्त्री दाहालले भने, 'केही समयअघि मन्त्रिपरिषद्‌बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बुढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको छ।'

images
images

एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने उनले बताए। 'यो आयोजनाबाट भविष्यसम्म पनि गोरखा र गोर्खाली जनताको आर्थिक विकास र समृद्धिका निम्ति तथा  रोजगारीको अवसर पनि हुन्छ,' प्रधानमन्त्रीले भने।

images
images

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सांसदसमेत रहेका प्रधानमन्त्री दाहालले निर्वाचनका बेला आफूले जनता समक्ष गरेको प्रतिबद्धता नबिर्सिएको तर केही कारणले ढिलाइ भएको उल्लेख गरे। उनले गोरखाको देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योग निर्माण गर्नका लागि छलफल अगाडि बढाइसकेको बताए।

प्रधानमन्त्री दाहालले आँपपिपल अस्पताललाई ५० शय्याका रुपमा विकास गरे जिल्लाको स्वास्थ्य क्षेत्रमा आमूलपरिवर्तन ल्याउन सकिने र त्यसका लागि आधार तयार पार्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस


प्रकाशित : बुधबार, पुस ११ २०८०१५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend