बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

पूर्वाधार निर्माणका लागि संकटकाल लगाएरै काम गर्छौँ : प्रधानमन्त्री दाहाल

images
मंगलबार, पुस १० २०८०
images
पूर्वाधार निर्माणका लागि संकटकाल लगाएरै काम गर्छौँ : प्रधानमन्त्री दाहाल

अब आयोजनाहरुमा शिविर नै खडा गरेर काम गर्ने घोषणासमेत प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन्।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाधार निर्माणका लागि अब संकटकाल लगाएर काम गर्ने घोषणा गरेका छन्। आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रम दाहालले आयोजना निर्माणमा धेरै अवरोध देखिन थालेको बताउँदै संकटकाल नै लगाएर काम गर्न लागेको बताएका हुन्।

images
images
images

अहिले पूर्वाधार निर्माणमा ढिलाइ हुँदा लागत बढ्ने तथा जनतामा नकारात्मक असर पर्न थालेको बताउँदै प्रधानमन्त्री दाहालले अब भने सरकार पूर्वाधार निर्माणमा केन्द्रित हुने बताए।

images
images

‘निर्माण भएका आयोजनाको जस लिनेभन्दा पनि निर्माणाधीन आयोजनालाई केन्द्रमा राखेर काम गर्नेछौँ,’ प्रधानमन्त्रीले भने। 

images
images

अब आयोजनाहरुमा शिविर नै खडा गरेर काम गर्ने घोषणासमेत प्रधानमन्त्रीले गरेका छन्।


प्रकाशित : मंगलबार, पुस १० २०८०१७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend