सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

फ्ल्यागशिप स्मार्टफोन ल्याउँदै रियलमी 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १४ २०७८
फ्ल्यागशिप स्मार्टफोन ल्याउँदै रियलमी 

चिनियाँ स्मार्टफोन निर्माता कम्पनीले हालसम्म रियलमीका नाममा बजेट स्मार्टफोनमात्र बजारमा ल्याइरहेको छ। 

काठमाडौं- रियलमी ब्रान्डमा फ्ल्यागशिप स्मार्टफोन पनि आउने भएको छ। 

चिनियाँ स्मार्टफोन निर्माता कम्पनीले हालसम्म रियलमीका नाममा बजेट स्मार्टफोनमात्र बजारमा ल्याइरहेको छ। 

यो कम्पनीले अब भने प्रिमियम फोन रियलमीकै ब्रान्डबाट ल्याउने भएको हो। चीनको बिकेके इलोक्ट्रोनिक्स कम्पनीले ओपो,भीभो, रियलमी र वनप्लसजस्ता ब्रान्डमा स्मार्टफोन निर्माण गरिरहेको छ। अरु ब्रान्डमा बजेट फोन ल्याउने र वनप्लसलाई प्रिमियम ब्रान्ड बनाउने योजनाका साथ अघि बढेको कम्पनीले प्राय सबै ब्रान्डमा प्रिमियम फोन ल्याउन लागेको हो। 

रियलमीले 'जीटी २ प्रो' नामबाट प्रिमियम फोन ल्याउने भएको छ। यसमा क्वालकमको पछिल्लो उच्च क्षमतायुक्त प्रोसेसर हुने बताइएको छ। 

५० मेगापिक्सेलको लेन्स भएको प्राइमेरी क्यामेरा हुने फोनमा ५० मेगापिक्सेलको अल्ट्रावाइड लेन्स र ८ मेगापिक्सेलको टेलीलेन्स हुने बताइएको छ। 


प्रकाशित : मंगलबार, मंसिर १४ २०७८०७:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend