बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

कुतियाकवरवासीको पीडा : तटबन्ध नबने बस्ती जोगबुढा नदीमा समाहित हुने

images
मंगलबार, पुस १० २०८०
images
कुतियाकवरवासीको पीडा : तटबन्ध नबने बस्ती जोगबुढा नदीमा समाहित हुने

बाढीले जग्गा कटान गर्दा बस्ती पातलिँदै गएको छ। अब यहाँ ४२ परिवारको मात्रै बसोबास छ। बर्खामा नदीको भंगालो गाउँ पस्दा जमिन बालुवाले भरिएको छ। बालुवाका कारण उब्जनी घट्दै गएको छ।

images
images

महेन्द्रनगर- कञ्चनपुरको दोधाराचादँनी नगरपालिका-१० सीमा बस्ती कुतियाकवरमा तटबन्ध निर्माणमा ढिलाइ भएको छ। तटबन्ध निर्माण गर्न ठेक्का लिएको निर्माण कम्पनीले बेवास्ता गर्दै आएको छ।

images
images
images

महाकाली र जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर बस्ती दुवै तर्फबाट जोखिममा छ। बस्ती जोगाउन दुई सय मिटर तटबन्ध निर्माणको योजना अघि बढाइएको थियो। सो कार्यको जिम्मा लिएको महेन्द्रनगरस्थित जोशी निर्माणले काम गर्न ढिलाइ गरेको छ।

images
images

कुतियाकवरका स्थानीयवासीले हिउँदमा जसरी पनि तटबन्ध निर्माण गर्न आग्रह गर्दै आएका छन्। 'अहिले नदीमा पानी घटेकाले निर्माण गर्न सहज हुन्छ, बर्खामा काम गर्न सकिन्न', स्थानीय बहादुरसिंह सुनारले भने, 'नदीले बर्सेनि बर्खामा खेतीयोग्य जमिन कटान गर्दै आएको छ।' विसं २०२० मा बसेको सीमा बस्ती बाढीको निरन्तर कटान र डुबानकै कारण हालसम्म यहाँबाट एक सयभन्दा बढी परिवार विस्थापित भइसकेको उनले बताए।

images
images

बाढीले जग्गा कटान गर्दा बस्ती पातलिँदै गएको छ। अब यहाँ ४२ परिवारको मात्रै बसोबास छ। बर्खामा नदीको भंगालो गाउँ पस्दा जमिन बालुवाले भरिएको छ। बालुवाका कारण उब्जनी घट्दै गएको छ।

जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ महेन्द्रनगरका प्रमुख श्रीप्रसाद यादवले महाकाली नदीको झोलुंगे पुलदेखि दक्षिण कुतियाकवरसम्म महाकालीको तटबन्ध मर्मत र कुतियाकवरमा दुई सय मिटर तटबन्ध निर्माणको सम्झौता भएको बताए। 'दोधारा-चादँनी झोलुंगे पुल नजिक मर्मतको काम चलिरहेको छ', उनले भने, 'कुतियाकवरमा ढुंगालगायत निर्माण सामग्री लैजान समस्या भएकाले काममा ढिलाइ भएको हो।'

कुतियाकवरमा एक किलोमिटरभन्दा बढी लम्बाइको तटबन्ध निर्माण भए मात्रै जमिन जोगिने अवस्था रहेको प्रमुख यादवले बताए। कुतियाकवर बस्ती जोगाउन आवश्यक पर्ने तटबन्ध निर्माणका लागि बजेट अभाव भएको उनको भनाइ छ। कुतियाकवर सीमा बस्ती जोगाउन र महाकालीको तटबन्ध मर्मतका लागि गत वर्ष १६ करोड ८५ लाखमा ठेक्का दिइएको थियो। 

दोधारा चादँनी नगरपालिका-१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले वर्षातअघि तटबन्ध निर्माण नभए बस्तीसँगै सीमा नै जोगबुढा नदीमा समाहित हुने अवस्था रहेको बताए। 'कुतियाकवर बगे नेपाल-भारत सीमा नै जोगबुढा नदीमा परिणत हुन्छ', उनले भने। निर्माण अघि पारी कुतियाकवर जान जोगबुढामा अस्थायी बाटो बनाउनुपर्ने वडाध्यक्ष सिंहको भनाइ छ। 'कुतियाकवरको झोलुंगे पुल वरपर दुई सय २० मिटर तटबन्ध बनिसकेको छ', उनले भने।

दलित र विपन्न समुदायको बसोबास रहेको सीमा बस्तीसम्म पुग्न जोगबुढामा झोलुंगे पुल बनेपछि सहज भएको हो। रासस


प्रकाशित : मंगलबार, पुस १० २०८०१६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend