सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपाल टेलिकमले तिर्‍यो ६ अर्ब ४२ करोड आयकर, फोरजी विस्तारले बढायो आम्दानी 

मंगलबार, मंसिर १४ २०७८
नेपाल टेलिकमले तिर्‍यो ६ अर्ब ४२ करोड आयकर, फोरजी विस्तारले बढायो आम्दानी 

यसरी ग्राहक बढ्दाको परिणाम व्यापारमा देखिने अधिकारीको भनाइ छ। व्यापार तथा आम्दानीको मुख्य आधार ग्राहकसँगै टेलिकमले डेटाका ग्राहक पनि बढाएको छ। 

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०७७/७८ मा नेपाल टेलिकमले ६ अर्ब ४२ करोड आयकर तिरेको छ। 

आयकर बुझाउने संस्थाहरुमा सबैभन्दा धेरै कर तिरेर सम्मानीत भएको टेलिकमले गएको वर्ष ६ अर्ब ४२ करोड कर तिरेको हो। सबैभन्दा धेरै आयकर तिरेको भन्दै नेपाल टेलिकमलाई आन्तरिक राजस्व विभागले मंसिर १ गते दसौं कर दिवसको अवसरमा सम्मान गरेको थियो। 

कोरोना महामारीकै क्रममा सबैभन्दा पहिला पुनरुत्थान हुने क्षेत्र दूरसञ्चार भएको यसबाट देखिएको छ। गएको वर्ष सबैभन्दा धेरै आयकर तिरेको तथ्यबाट यो कुरा पुष्टि भएको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका महाप्रबन्धक डिल्लीराम अधिकारीको भनाइ छ। 

'कोरोनाको प्रभाव नै नपरेको होइन। तर त्यसपछि पहिला पुनरुत्थान हुने क्षेत्रमा यो परेको छ' उनले भने। कोरोना प्रभावसँगै कम्पनीले पनि क्षमता तथा व्यापार विस्तारमा काम गरेकाले त्यसको प्रभाव देखिएको उनको भनाइ छ। 

नेपाल टेलिकमले गएको आर्थिक वर्षमा ग्राहक संख्यासँगै व्यापारमा गुणात्मक फड्को मारेको छ। २०७७ सालको साउनदेखि २०७८ को असार मसान्तभित्र टेलिकमले १९ लाख ५५ हजार ९६३ जिएसएमए ग्राहक बढाएको छ। 

यसरी ग्राहक बढ्दाको परिणाम व्यापारमा देखिने अधिकारीको भनाइ छ। व्यापार तथा आम्दानीको मुख्य आधार ग्राहकसँगै टेलिकमले डेटाका ग्राहक पनि बढाएको छ। 

टेलिकमले ५२ लाख इन्टरनेट ग्राहक पढाएको छ। यसमा टेलिकमको फोरजी इन्टरनेटको विस्तार तीब्र भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार टेलिकमका फोरजी ग्राहक दोब्बर बढेका छन्। एक वर्षमा १५ लाखबाट ४७ लाख पुगेका छन्। 

नेपाल टेलिकमले फोरजी विस्तारको काम गर्दा ग्राहकमात्र होइन आम्दानी पनि बढेको छ। डेटाबाट हुने आम्दानी ७० प्रतिशतले वृद्धि भएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार अहिले ६ सय बढी स्थानीय तहमा फोरजी सेवा पुगिसकेको छ। 


प्रकाशित : मंगलबार, मंसिर १४ २०७८०६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend