आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

डेडिकेटेड र ट्रकलाइन विवाद : ९ उद्योगकाे लाइन काटियो

आइतबार, पुस ८ २०८०
डेडिकेटेड र ट्रकलाइन  विवाद : ९ उद्योगकाे लाइन काटियो

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रकलाइनको विद्युत् महसुल बक्यौता नतिरेको भन्दै थप पाँच वटा उद्योगको बिजुलीको लाइन काटिदिएको छ।

शुक्रबार ४ उद्योगको लाइन काटेको प्राधिकरणले आइतबार थप ५ उद्योगको लाइन काटेको हो।

आइतबार प्राधिकरणको परासी वितरण केन्द्रले सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील, अशाेक स्टिल, त्रिवेनी स्पिनिङ, साेनापुर स्प्रिङकाे बिजुलकाे लाइन काटेको हो। 

प्राधिकरणले सर्वोत्तम सिमेन्टको ८३ करोड र लक्ष्मी स्टीलको ६२ करोड रूपैयाँ बक्यौता बाँकी रहेको भन्दै लाइन काटेको हो। अन्य उद्योगकाे पनि ५० कराेड माथी रहेकाे प्राधिकरणले जनाएकाे छ। 

प्राधिकरणले यसअघि शुक्रबार जगदम्बा स्टील, घोराही सिमेन्ट, रिलाइन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्ट गरी चार वटा उद्योगको विद्युत् लाइन काटेको थियो।

 

डेडिकेटेड र ट्रंकलाइनको अर्बौं बक्यौताको चक्रव्यूहमा उद्योगी डेडिकेटेड र ट्रंकलाइनको अर्बौं बक्यौताको चक्रव्यूहमा उद्योगी

 

कुलमानको प्रतिष्ठासँग जोडिएको डेडिकेटेड ट्रंकलाइन कलहको नालीबेली कुलमानको प्रतिष्ठासँग जोडिएको डेडिकेटेड ट्रंकलाइन कलहको नालीबेली


प्रकाशित : आइतबार, पुस ८ २०८०२०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend