सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

५ महिनामा ३६ सय ८६ वटा विद्युतीय कार आयात

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ८ २०८०
५ महिनामा ३६ सय ८६ वटा विद्युतीय कार आयात

५ महिनामा ९ अर्ब १० करोड मूल्य बराबरको ३ हजार ६ सय ८६ वटा विद्युतीय कार आयात भएका हुन्।

काठमाडौं- चालु आर्थिक वर्षको ५ महिनामा (साउनदेखि मंसिर) ३ हजार ६ सय ८६ वटा विद्युतीय कार आयात भएको छ। 

कात्तिक महिनामा ६ सय ५२ वटा विद्युतीय कार आयात हुँदा मंसिर महिनामा ८ सय ९९ वटा विद्युतीय कार आयात भएको हो। 

चाडपर्वको समय भएकाले असोज महिनामा सबैभन्दा धेरै १ हजार २ सय ३७ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्यांक छ। 

५ महिनामा ९ अर्ब १० करोड मूल्य बराबरको ३ हजार ६ सय ८६ वटा विद्युतीय कार आयात भएका हुन्। 

उक्त संख्यामा विद्युतीय कार आयात हुँदा सरकारले ४ अर्ब २ करोड ८८ लाख ७६ हजार रुपैयाँ राजस्व पाएको छ। सरकारले १ सय किलोवाटसम्म मोटर पिकपावर भएका विद्युतीय कारमा न्यून कर लगाएकाले यही सेगमेन्ट विद्युतीय कार धेरै आयात भएका छन्। 

चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा ५० किलोवाटसम्म मोटर क्षमता भएका २३ सय ६३ वटा विद्युतीय कार आयात भएको छ। त्यस्तै ५१ देखि १ सय किलोवाटसम्म मोटर क्षमता भएका २ हजार २८ वटा, १०१ देखि २ सय किलोवाटसम्म मोटर भएका ५२ वटा र २०१ देखि माथि मोटर क्षमता भएका ११ वटा विद्युतीय कार आयात भएका हुन्।   

विभागको तथ्यांकअनुसार चालु आवको असोजमा इतिहासकै सबैभन्दा बढी विद्युतीय कार भित्रिएको हो। यसअघि २०८० को जेठमा ९ सय २५ वटा विद्युती कार नेपाल भित्रएको थियो। 

चाडपर्व र नाडा अटो शो २०२३ का लागि लक्षित गर्दै विद्युतीय कार आयात बढेको हो। साउन र भदौमा ८ सय ९८ वटा विद्युतीय कार आयात भएको थियो। 

नेपालमा सबैभन्दा धेरै विद्युतीय कार भारत र चीनबाट आयात भइरहेको छ। त्यस्तै कोरिया, इन्डोनेसिया तथा युरोपबाट पनि विद्युतीय कार आयात भइरहेको छ। 


प्रकाशित : आइतबार, पुस ८ २०८०१३:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend