बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

लगानीकर्ताको आकर्षणमा परेको गरिमा विकास बैंकको लाभांश क्षमता कति? (यस्तो छ वित्तीय सूचक)

images
मंगलबार, मंसिर १४ २०७८
images
लगानीकर्ताको आकर्षणमा परेको गरिमा विकास बैंकको लाभांश क्षमता कति? (यस्तो छ वित्तीय सूचक)
images
images

काठमाडौं - विकास बैंकहरूको अग्रणी वित्तीय संस्था गरिमा विकास बैंक सधैँ सेयर लगानीकर्ताहरूको आकर्षणमा पर्ने गरेको छ। लगातार आकर्षक लाभांश वितरण गर्दै आएको गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा पनि अत्याधिक वृद्धि गरेको छ।

images
images
images

बैंकको सोमबार प्रतिकित्ता सेयर ५६८ रुपैयाँमा कारोबार भएको छ। लगातार नेप्से परिसूचकमा दोहोरो अंकले घटे पनि गरिमा विकास बैंकको सेयरमा भने खासै उतारचढाव देखिएको छैन। 

images
images

सोमबार पनि ८७ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएको बैंकको हाल चुक्ता पुँजी ३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। बैंकको पहिल्लो ५२ हप्तामा प्रतिकित्ता अधिकतम ७५० रुपैयाँ र न्यूनतम प्रतिकित्ता २५९ रुपैयाँमा कारोबार भएको थियो। वित्तीय विवरणअनुसार १८० दिनको एभरेज कारोबार ४९५ रुपैयाँमा प्रतिकित्ता कारोबार रहेको थियो।

images
images

कम्पनीले गत वर्ष १४.२१ प्रतिशत लाभांश दिएको थियो। जसमा १३.५ प्रतिशत सेयर र ०.७१ प्रतिशत नगद बनोस सेयरधनीलाई वितरण गरेको थियो।

चालु आर्थिक वर्ष पनि गत वर्ष मनग्य नाफा कमाएकोले १५ प्रतिशत भन्दा बढी लाभांश दिने क्षमता बैंकको छ। बैंकले हालसम्म सबैभन्दा धेरै आर्थिक वर्ष २०६८/६९ र २०६९/७० मा सबैभन्दा धेरै लाभांश दिएको थियो। उक्त दुई आर्थिक वर्षमा बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिएको थियो। 

तीन महिनामै १२७ प्रतिशतले नाफामा वृद्धि 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १८ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२७.०५ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै बैंकको खुद नाफा बढ्न टेवा पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५१.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १२६.९६ प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ४३.३४ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ६६ करोड ११ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ९.३८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १.२७ प्रतिशत बढेको छ भने कर्जा ८.०७ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७ पैसा छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २८.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८रुपैयाँ १४ पैसा रहेको छ।

दश वर्षकाे लाभांश इतिहास 

garima.png

 


प्रकाशित : मंगलबार, मंसिर १४ २०७८०१:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend