सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

प्रदूषण नियन्त्रणमा झेली गरेको भन्दै कमिन्सलाई १.६७ अर्ब डलर वातावरणीय जरिबाना

अमेरिकामा लगाइएको अहिलेसम्मकै धेरै जरिबाना

आइतबार, पुस ८ २०८०
प्रदूषण नियन्त्रणमा झेली गरेको भन्दै कमिन्सलाई १.६७ अर्ब डलर वातावरणीय जरिबाना

अमेरिकामा जर्मन कार निर्माता कम्पनी फक्सवागनले २०१७ मा १ अर्ब ४५ करोड डलर जरिबाना तिरेको थियो।

काठमाडौं- इन्जिन निर्माता कम्पनी कमिन्सलाई अमेरिकाले ठूलो जरिबाना तिराएको छ। इन्जिन बनाउँदा प्रदूषण नियन्त्रणमा झेल गरेको भन्दै अमेरिकी न्याय विभागले जरिबाना तिराउने निर्णय गरेको हो।

अमेरिकी न्याय विभागले तय गरेको १ अर्ब ६७ करोड अमेरिकी डलर तिराउने निर्णयमा ट्रक इन्जिन निर्माता कमिन्स इंक प्रारम्भिकरुपमा उक्त जरिबाना तिर्न सहमत भइसकेको छ। कमिन्सले कथित ‘डिफिट डिभाइस’ प्रयोग गरेर प्रदूषण कम गरेको पाइएको उक्त विभागले जनाएको छ।

कमिन्सले २०१३ देखि ०१९ सम्ममा ६ लाख ३० हजार डिफिट डिभाइस प्रयोग गरेको थियो। यस्ता डिभाइस प्रयोग गरिएका इन्जिन आरएएम पिकअप ट्रकमा प्रयोग भएको थियो।

यता कमिन्सले भने अमेरिकी न्याय विभाग र क्यालिफोर्निया एयर रिसोर्स बोर्डले १० लाख इन्जिनमा बदमासी भएको आरोप लागेकाले करिब २ अर्ब डलर तिर्नुपर्ने अनुमान गरेको थियो।

कमिन्सले पहिलोपटक २०१९ मा आन्तरिकरुपमा प्रदूषण प्रमाणपत्रमा अध्ययन गरेको थियो। अमेरिकी नियमनकारी निकायले २०१६ देखि २०१९ बीचमा बिक्री भएको निसान टाइट पिकअप ट्रकको इन्जिनबारे पनि अध्ययन गरेको कमिन्सले जनाएको रोयटर्सले लेखेको छ।

त्यस्तै कमिन्सले पीएसीसीआर र डिमलर ट्रक नर्थ अमेरिकाले प्रयोग गरेका इन्जिनमा पनि अध्ययन भइरहेकाले २०२४ थप जरिबाना तिर्नुपर्ने अनुमान गरिएको छ। यो लटमा कमिन्सले १ अर्ब ९३ करोड डलर तिर्नुपर्ने अनुमान छ। कमिन्सबारे यस्तो समाचार आएसँगै कम्पनीको सेयरमा २.३ प्रतिशतले कमी आइसकेको छ।

त्यस्तै अमेरिकामा जर्मन कार निर्माता कम्पनी फक्सवागनले २०१७ मा १ अर्ब ४५ करोड डलर जरिबाना तिरेको थियो। २०१५ मा बिक्री भएका गाडीमा प्रदूषण नियन्त्रणका लागि सफ्टवेर प्रयोग गरेको प्रमाणित भएपछि फक्सवागनले उक्त जरिबाना तिरेको थियो।  


प्रकाशित : आइतबार, पुस ८ २०८०११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend