बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

खेतबारीमा भेटिन थाले दुर्लभ अजिंगर, त्रासमा स्थानीय

images
मंगलबार, पुस ३ २०८०
images
खेतबारीमा भेटिन थाले दुर्लभ अजिंगर, त्रासमा स्थानीय

अर्जुनधारा, हल्दिबारी, कचनकबल, बाह्रदशीलगायत पालिकामा मानिसका खेतबारी र साना खोल्साहरुमा अजिंगर भेटिने गरेका छन्। यी क्षेत्र झापाको जलथल जंगल वरिपरि पर्दछ।

images
images

झापा- घस्रने जातको संरक्षित वन्यजन्तुमा सूचीकृत अजिंगर झापाको विभिन्न स्थानमा भेटिन थालेका छन्।

images
images
images

गत मङ्सिरको पहिलो साता भद्रपुर नगरपालिका-३ का अनही राजवंशीको खेतमा मोटो र लामो सर्प भेटियो। काउली बारीमा दिउँसो देखापरेको सो सर्प अजिंगर रहेछ। स्थानीयले प्लास्टिकको जालीले बेरेर घिस्याउँदै खेतबाट बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए। 

images
images

प्रहरीले नियन्त्रणमा लिएर अजिंगर डिभिजन वन कार्यालय झापामा बुझाएको थियो। अजिंगर भेटिएको यो स्थान मेची नदी पूर्व नेपालको सीमान्त गाउँ पर्दछ। यति टाढा गाउँमा अजिंगर कसरी पुग्यो भनेर वन कर्मचारी पनि अचम्मित छन्।

images
images

त्यसैगरी, भद्रपुर-५ स्थित लक्ष्मण प्रधानको आँगनमा कदमको रूखमा बेरिएर बसेको ठूलो आकारको अजिंगर फेला परेपछि गाउँ त्रसित बनेको थियो। दश केजी तौलको सो अजिंगरलाई वन कर्मचारी र प्रहरीले उद्धार गरेर चारआली जंगलमा छाडिदिएका थिए। अजिंगर दुर्लभ जातको ‘पाइथन’ भएको पत्ता लागेको थियो।

अर्जुनधारा, हल्दिबारी, कचनकबल, बाह्रदशीलगायत पालिकामा मानिसका खेतबारी र साना खोल्साहरुमा अजिंगर भेटिने गरेका छन्। यी क्षेत्र झापाको जलथल जंगल वरिपरि पर्दछ। जलथल जंगल अजिंगरको मुख्य बासस्थान मानिएको छ।

जिल्लाका विभिन्न पालिकामा भेटिएका अजिंगरको उद्धार गरी डिभिजन वन कार्यालय झापाको उद्धार टोलीले प्राकृतिक बासस्थान स्थानीय सामुदायिक वनमा सुरक्षित लगेर छाड्ने गरेको जनाएको छ। वनको उद्धार टोलीले चालु आर्थिक वर्षको पाँच महिनामात्र छवटा अजिंगरको उद्धार गरेर प्राकृतिक बासस्थानमा छाडेको जनाएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा ११ वटा विभिन्न जातका अजिंगर मानिसहरुको घरको आँगन, खेत र सडकबाट उद्धार गरिएको डिभिजन वन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीले बताए।

उनका अनुसार उद्धार गरिएका सबै अजिंगरलाई प्राकृतिक बासस्थानमा छाडिदिने गरिएको छ। उनले पाँच केजीदेखि १६ केजीसम्मको अजिंगर फेला परिरहेको जानकारी दिए। 'यो संरक्षित वन्यजस्तुहरु मध्येको घस्रने जन्तु हो', उनले भने, 'मानिसहरु सचेत छन् दुर्लभ जन्तु भन्ने ज्ञान छ। फेला पर्नेबित्तिकै खबर गर्छन्। हामी उद्धार गरिरहेका छौँ।'

जीव वैज्ञानिक तथा हाल प्रतिनिधिसभा सदस्य डा के. आर. खम्बूले जिल्लामा पाइने अजिंगरहरु दुर्लभ जातिको रहेको बताए। उहाँले चिसो मौसममा तातो खोज्दै जंगलबाट अजिंगरहरु बाहिर निस्कने गरेको जानकारी दिए। 'घस्रने जातका जन्तुहरुको रगत चिसो हुन्छ', उनले भने, 'हिउँदको समयमा घाम ताप्न बाहिर निस्कने गर्छन्।'

उनका अनुसार अजिंगर मांसाहारी हुने हुँदा जंगलमा प्रशस्त मात्रमा आहार पाउने गर्छन्। मानिसको अतिक्रमण बढ्दै जाँदा आहारको खोजीमा अजिंगरहरु गाउँ बस्ती प्रवेश गर्ने सम्भावनालाई पनि उनले औँल्याए। रासस


प्रकाशित : मंगलबार, पुस ३ २०८०१३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend