बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

जुम्लामा रंगशाला निर्माणको काम धमाधम

images
सोमबार, पुस २ २०८०
images
जुम्लामा रंगशाला निर्माणको काम धमाधम

जुम्लामा रंगशाला नहुँदा खेलाडीलाई खेल खेल्न र अभ्यास गर्न सकस हुने गरेको छ। रंगशाला निर्माणपछि भने सहज हुनेछ।

images
images

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिका-५ स्थित राजासिमा निर्माणाधीन रंगशालाको कामलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले तीव्र गतिमा अगाडि बढाएको छ।

images
images
images

आयोजनाअन्तर्गत नगरपालिकाभित्रका एकीकृत सहरी पूर्वाधार विकास कार्यका भौतिक संरचनाको कामलाई अगाडि बढाइएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख महेन्द्र सिंहले जानकारी दिए।

images
images

आर्थिक वर्ष २०७९/८० देखि काम अघि बढेको हो। आयोजना प्रमुख सिंहका अनुसार उक्त काम २०८१ कात्तिकभित्र सक्नुपर्ने सम्झौता छ। नगरभित्रका विभिन्न भौतिक संरचनासहित रंगशाला निर्माणका लागि कुल ४० करोड ६२ लाख रूपैयाँमा कविन्द्र निर्माण सेवा कम्पनी प्रालि काठमाडौंसँग सम्झौता भएको उनले जानकारी दिए।

images
images

जिल्लामा रंगशाला नहुँदा खेलाडीलाई खेल खेल्न र अभ्यास गर्न सकस हुने गरेको छ। अबको दुई वर्षभित्र रंगशाला निर्माण भएपछि जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न सहज हुने निर्माण आयोजना कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए। कर्णाली प्रदेशकै नमूना रंगशाला हुने सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, पुस २ २०८०११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend