बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

पाँच दिनदेखि सर्भर डाउन, एनओसी लिन नपाउँदा नाराबाजीमा विद्यार्थी, हातैले लेखेर दिने तयारी

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २ २०८०
images
पाँच दिनदेखि सर्भर डाउन, एनओसी लिन नपाउँदा नाराबाजीमा विद्यार्थी, हातैले लेखेर दिने तयारी

यसअघि अनलाइनबाट पैसा तिरिसकेको, सम्पूर्ण कागज अनलाइनमा हालेर भेरिफिकेसन भइसकेकालाई सेवा दिन लागेको जनाइएको छ।

images
images

काठमाडौं- विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर अर्थात् एनओसी नपाएर शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिइरहेका छन्। 

images
images
images

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको हातामा रहेको एनओसी शाखामा गत बिहीबारदेखि सर्भर डाउन भएर सेवा अवरुद्ध भएर विद्यार्थी लगातार धाउँदा पनि पत्र नपाएको भन्दै आक्रोशित हुँदै नाराबाजी गरेका हुन्।

images
images

वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीले गत बिहीबार सर्भर डाउन भएको, सेवा अवरुद्ध भएको र सर्भर बन्नासाथ सेवा सुरु हुने उल्लेख गर्दै सूचना टाँस गरेपछि अझै सेवा सुरु भएको छैन।

images
images

भिसाको तयारीमा रहेका र भिसा लागेर उडानको समय नजिकिएका विद्यार्थी नो अब्जेक्सन लेटर पाउन नसक्दा मारमा परेका छन्। विद्यार्थीले चार दिनसम्म पनि सर्बर बनाउन नसक्नु कार्यालय र मन्त्रालयको लापरबाही भएको आरोप लगाएका छन्। 

डाटा भरिएर सर्बर डाउन भएको भन्दै कार्यालयका प्रमुख शान्तिराम पौडेलले कम्प्युटरको हार्ड डिक्स परिवर्तन गर्न खोज्दा पहिलाको सबै डाटा हराउँदा ती सबै डाटालाई रिकभर गर्न समय लागेको बताए। उनले सर्बर खोल्ने प्रयास भइरहेको बताउदै खोल्ने वित्तिकै सेवा दिइने प्रतिबद्धता जनाए।

हातैले लेखेर दिने तयारी

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच दिनदेखि रोकिएको नो अब्जेक्सन लेटर (एनओसी) सोमबारदेखि आंशिक रूपमा म्यानुअल्ली सेवा सुरु गर्ने जनाएको छ।

यसअघि अनलाइनबाट पैसा तिरिसकेको, सम्पूर्ण कागज अनलाइनमा हालेर भेरिफिकेसन भइसकेकालाई सेवा दिन लागेको जनाइएको छ। यो सेवा लिनलाई पैसा तिरेको र भेरिफिकेसन भएको प्रमाण भने विद्यार्थीले पेस गर्नु पर्ने हुन्छ। 

प्रक्रिया अधुरै रहेकाको भने अनलाइन सिस्टम सुरु भएपछि मात्रै सेवा दिइने बताइएको छ। 


प्रकाशित : सोमबार, पुस २ २०८००९:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend